नेपाली

युवा लामा साङपुको कथा

CRIPublished: 2015-08-31 10:59:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

खच्या गुम्बाको आयश्रोत मुख्यतः पर्यटकको टिकट शुल्क र तीर्थयात्रीबाट आएको दान हो। लामा भ्रमणको खर्च गुम्बाले तिर्छ र यात्रामा उनीहरुले विश्वासीहरुको दान पनि पाउँछन्। एक पटक बाहिर गएको साङपुले केही धनी तीर्थयात्री भेट्नुभयो। साङपु तिब्बती खच्या गुम्बाबाट आएको थाहा भएपछि ती तीर्थयात्रीले भित्री भूमि घुम्न साङपुलाई निमन्त्रणा गरे। तर साङपुले कडा रुपमा अस्वीकार गर्नुभयो। उहाँले भन्नुभयो—आवाज चार

खच्या गुम्बामा मुख्यतः साग्या सम्प्रदायका लामाहरु बस्छन्। त्यसको कडा नियम छ। कसैले लामा र तिब्बी बुद्ध धर्मको प्रचार गर्ने कार्यमा सहयोग गर्न चाहेमा उनीहरुले सहयोग गर्न सक्छन्। जस्तो भनौँ गुम्बाको पुनःनिर्माण गर्ने तर कुनै लामालाई व्यक्तिगत रुपमा धनी बनाउने होइन। वेभसाइटमा देखिएका ती नामी लामाजस्तो होइन हामीले नामी मान्छे बन्ने इच्छा राख्दैनौँ। हाम्रो गुम्बामा निःशुल्क खाना र पोशाक छ साथै गुम्बाले पनि भत्ता दिन्छ। हामीले आफ्नो भत्ता लिएर गुम्बाको पुनःनिर्माण गर्न सक्छौँ।

चौबीस वर्षीय युवा लामा साङपु खच्या गुम्बा आएको आठ वर्ष मात्रै भए पनि गुम्बाको वित्तीय प्रशासक हुनुहुन्छ। उहाँले अर्को लामासँग गुम्बाको सुरक्षित बक्सको व्यवस्थापन गर्नुहुन्छ। यसबाहेक उहाँले गुम्बाका अरु कामलाई पनि जिम्मा लिनुहुन्छ। यसरी नै साङपुको धर्मशास्त्र पढ्ने समय छुटेको छ। तापनि उहाँले आफूले धर्मशास्त्रसम्बन्धी अरु बढी ज्ञान लिनसक्ने आशा कायमै राख्नु भएको छ। उहाँले भन्नुभयो—आवाज पाँच

ध्यान मुद्रामा बसेको र नबसेको मानिसबीच फरक हुन्छ, ध्यान मुद्रामा बस्दा गुरुले पढाउनुहुन्छ। भर्खरै यहाँ आएको बेलाभन्दा अहिले मैले अझ बढी ज्ञानका कुरा बुझ्छु, धर्मशास्त्र पढ्दा लामाले आ-आफ्नो धर्मशास्त्र पढ्नुहुन्छ। यहाँ कुनै आपसी हस्तक्षेप छैन। मेरो घर परिवारका सबैले तिब्बती बौद्ध धर्म मान्छन् तर समुदायबीचको धर्म सम्प्रदाय फरक छ। तापनि हामीबीच पनि हस्तक्षेप छैन। मैले अरु दुई तीन वर्षसम्म ध्यान मुद्रामा बस्नुपर्छ। अनि मात्रै वङच अर्थात् गुम्बाको शैक्षिक मामिला विभागका प्रमुख हुनसकिन्छ। जसले मुख्यतः विभिन्न गुम्बामा आयोजना भएका विभिन्न किसिमका धार्मिक कार्यक्रमको व्यवस्थापन गर्ने गर्छ। यो मेरो आशा हो।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn