नेपाली

युवा लामा साङपुको कथा

CRIPublished: 2015-08-31 10:59:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

तिब्बत स्वायत्त प्रदेशीय आली क्षेत्रको फुलान जिल्लामा पर्ने खच्या गुम्बामा चौबीस वर्षीय युवा लामा साङपुले प्रायजसो मन्जुश्रीको मूर्तिअगाडि बसेर धर्मशास्त्र पढिरहनुहुन्छ। यदि रातो धार्मिक पोशाक नलगाउने हो भने यी युवालाई कसैले पनि लामा मान्दैनन्।

चीन, नेपाल र भारत तीन मुलुक जोडिएको खच्या गाउँमा खच्या गुम्बा पर्दछ। यो गुम्बा सन् 996 मा तिब्बती बौद्ध धर्मको धर्मशास्त्र अनुवादक रनछिन साङबुद्वारा निर्माण गरिएको थियो। किम्बदन्ती अनुसार, पहिला मन्जुश्री यहाँ पुग्दा आकस्मिक रुपमा भन्नुभयो'ठ्याकै यहीँ हो'। त्यसपछि मानिसले यहाँ खच्या गुम्बाको निर्माण गरेका थिए। इतिहासमा खच्या गुम्बा बनेपछि मात्रै खच्या गाउँ भएको मानिएको छ र गाउँको नाम गुम्बाको नामबाट बनेको हो।

सानोदेखि युवा लामा साङबु खच्या गाउँमा बस्नुहुन्थ्यो। आठ वर्षअगाडि सोह्र वर्षमा लाग्दै गर्दा उहाँले गुम्बामा आएर भिक्षु बन्नुभयो। उहाँले भन्नुभयो—आवाज एक

मेरो घरका दश जना छन्। बुवा आमा दाजु भाइ दिदी बहिनी सबैले तिब्बती बुद्ध धर्म मान्छन्। म गुम्बा गएर सदस्य बन्ने खबर पाएपछि उनीहरुले खुशी हुँदै मलाई समर्थन दिए। विश्वासमाथि वफादारी र अरुलाई सहयोग गर्ने मेरो लक्ष्य रहेको छ।

गुम्बा जानुअघि साङपुले गाउँको प्राथमिक स्कूलमा पाँच वर्षसम्म पढ्नुभयो। खच्या गुम्बा गएपछि धर्मशास्त्र पढ्ने उहाँको मुख्य काम हो। गुम्बाको जीवनबारे चर्चा गर्दै साङपुले भन्नुभयो—आवाज दुई

प्रतिदिन हामी सात बजे उठेर मन्जुश्रीको पूजा-आजा गर्छौँ। दश बजेदेखि विहानी कक्षा अर्थात् धर्मशास्त्रको पढाइ सुरु हुन्छ। मध्यान्ह खाना खाएपछि फेरि पाँच छ बजेसम्म धर्मशास्त्र पढ्छौँ। सो अवधिमा ऐन र चिनियाँ भाषाका विषय पनि पनि पढ्छौँ। म केही चिनियाँ भाषा बुझ्नसक्छु तर मेरो चिनियाँ भाषाको बोलाइ त्यति राम्रो छैन। यहाँ लामाका लागि कुनै विदाको दिन छैन। फुर्सतमा हामी सँगै फुटबल, बास्केटबल खेल्छौँ कहिलेकाहीँ खच्या गाउँका गाउँलेसँग प्रतिश्पर्धा पनि गर्छौँ। हरेक वर्ष खच्या गुम्बाको प्रजातान्त्रिक व्यवस्थापन समितिले पनि एक पटक भ्रमणको कार्यक्रम आयोजना गर्छ। भ्रमणमा को सहभागी हुने भन्ने बारेमा मतदानबाट निर्णय हुन्छ। अघिल्लो पटकको भ्रमणमा उनीहरुले शिखाचेका धेरै गुम्बाको अवलोकन गरे। मैले सो भ्रमणमा सहभागी हुन पाइँन। अब आगामी भ्रमणमा मेरो जाने आशा छ। हामी लामालाई अरु अवलोकन क्षेत्र घुम्न मन लाग्दैन तर मुख्यतः अरु गुम्बा गएर अनुभव आदान-प्रदान गर्छौँ।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn