नेपाली

पाठ बयालीस

criPublished: 2014-01-28 14:19:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ संस्कृतिका एक झलकः

चीनमा चाडबाडको बेलामा टाढाका ठाउँमा रहेका आफ्ना बुबा-आमा, नाता-कुटुम्ब वा इष्ट-मित्रहरुलाई पैसा पठाउने चलन छ जसबाट उहाँहरुलाई सम्झनाको भाव र शुभकामना व्यक्त गर्न सकियोस। खासगरी, रोजगारीका लागि शहर गएका किसानहरु त आफूले कमाएको सबै पैसा घर पठाउन चाहन्छन। उनीहरुलाई सामान्यतया कम शुल्क लाग्ने माध्यमबाट पैसा पठाउन मन लाग्छ। दैवी प्रकोपका बेला प्रकोप प्रभावित क्षेत्रका जनतालाई चन्दास्वरुप पैसा उठाउँदा हरेक बैंकले, विशेषगरी ती क्षेत्रहरुतिर पैसा पठाउने सम्बन्धित सेवा कार्य शुरु गर्दछन र यसका लागि कुनै शुल्क लाग्दैन। कुनै एक ठाउँ अप्ठ्यारो स्थितिमा पर्दा त्यसले सबै ठाउँबाट सहायता प्राप्त गर्नसक्छ। यो चिनियाँ जनताको परम्परादेखिको सुचरित्र हो।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "वो याओ पान ली व्है ख्वान" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn