पाठ बयालीस
वर्षाः त्वो शाउ।
कमलः त्वो शाउ।
वर्षाः"शौ श्यु फै श त्वो शाओ?", "सेवा शुल्क कति लाग्छ?"
कमलः भर्खरै मैले बैंकका कर्मचारीलाई "सेवा शुल्क कति लाग्छ" भनेर सोध्दा उनले दिएको उत्तर धेरै गाह्रो जस्तो लाग्यो। तपाईं मलाई अझै बुझ्नेगरी भनिदिनुहु्न्छ कि?
वर्षाः अवश्य। उनले "मै पी च्वै काउ शौ फै ऊ श् युआन" भनेका छन। यसको अर्थ "हरेक पटक पैसा पठाउँदा लाग्ने अधिकतम शुल्क पचास युआन हो " भन्ने हो।
कमलः मै पी च्वै काउ शौ फै ऊ श् युआन।
वर्षाः "मै पी", "हरेक पटक पैसा पठाउनु"।
कमलः मै पी।
वर्षाः "च्वै" सहायक शब्द हो। यसले विशेषणको गुण जाहेर गर्दछ। उदाहरणका लागि "च्वै हाउ- सर्वोत्तम", "सबैभन्दा राम्रो"।
कमलः च्वै हाउ।
वर्षाः "च्वै मै", "सबैभन्दा सुन्दर"।
कमलः च्वै मै।
वर्षाः "च्वै ता", "सबैभन्दा ठूलो"।
कमलः च्वै ता।
वर्षाः "च्वै काउ", "सर्वोच्च, वा सबैभन्दा अग्लो"।
कमलः च्वै काउ।
वर्षाः "शौ फै", "महसुल लिनु"।
कमलः शौ फै।
वर्षाः "ऊ श् युआन", " पचास युआन"।
कमलः ऊ श् युआन।
वर्षाः मै पी च्वै काउ शौ फै ऊ श् युआन।
कमलः "मै पी च्वै काउ शौ फै ऊ श् युआन"।, "हरेक पटक पैसा पठाउँदा लाग्ने अधिकतम महसुल पचास युआन हो"।
वर्षाः अब हामी आजका सबै वार्तालाप सुनौं-
वार्तालाप एक
कमलः नी हाउ, वो याओ पान ली व्है ख्वान।
वर्षाः छिंग निंग शेन थेन यी ट्राँग व्है ख्वान तान।
कमलः हाउ त।
वार्तालाप दुइ
कमलः त्वो ठ्राँग श् थेन नंग ताउ ट्राँग?
वर्षाः श् फन ट्रोंग च्वो यौ नंग ताउ ट्राँग।
वार्तालाप तीन
कमलः शौ श्यु फै श त्वो शाओ?
वर्षाः आन पाई फन ट् यी त पी ली शौ छ्यू। मै पी च्वै काउ शौ फै ऊ श् युआन।
कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी "चिनियाँ संस्कृतिका एक/दुइ कुरा"तिर लागौं।