पाठ अन्ठाउन्न
दयाराम: यौ मै यौ।
वर्षा: "थान स्वान यिन ल्याउ" भनेको "पिउने हल्का पेय"।
दयाराम: थान स्वान यिन ल्याउ।
वर्षा: अब आजका पूरै वार्तालाप सुन्नुहोस्।
वार्तालाप एक
ख: वो याउ यी फिङ्ग फि च्यौ।
क: छिङ्ग शाउ तङ्ग। मा शाङ्ग च्यौ लाई।
ख: शे शे।
वार्तालाप दुइ
क: निन याउ नै ट्रोंग फि च्यौ?
ख: वो याउ फिङ्ग ट्रुवाँग त।
वार्तालाप तीन
क: छिङ्ग वन निन ह तेन शन मो?
ख: वो याउ यी पै सु क लान वै श ची।
क: याउ च्या पिङ्ग मा?
ख: पु च्या पिङ्ग।
वार्तालाप चार
क: यौ मै यौ थान स्वान यिन ल्याउ?
ख: यौ, निन याउ नै ट्रोंग?
क: वो याउ यी फिङ्ग ख ल।
ख: हाउ त, छिङ्ग शाउ तङ्ग।
वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।
दयाराम: गत शताव्दीको नब्बेको दशकदेखि "बार संस्कृति" क्रमश: चीनका ठूला-ठूला शहरमा देखा परेको देखिन्छ। बार सम्बन्धी व्यवसाय एकदमै समृद्ध हुँदैगएको कुरा चीनको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनसँग घनिष्ट सम्बन्ध रहेको छ। अर्थतन्त्रको विकास एकदम भैरहेको पैचिङ्ग, शाङ्गहाई तथा शन चौ शहरमा रहेका बारहरु झन् लोकप्रिय र रमाइला देखिन्छन्। हाल बार युवा-युवतीहरुका लागि आराम गर्ने सबैभन्दा आनन्दित तथा मनोरञ्जनात्मक ठाउँ बनिसकेको छ।
पैचिङ्गलाई चीनमा बारहरुको संख्या सबैभन्दा बढी भएको शहर मानिन्छ। त्यहाँका बारहरु भिन्ना-भिन्नै किसिमका हुन्छन्। तीमध्ये: सार्वजनिक बसद्बारा बनाइएको "बस बार", फुटबलसँग घनिष्ट सम्बन्ध रहेको "फुटबल बार", सिनेमा हेर्नसक्ने "सिनेमा बार" तथा कलाकारहरु भेला हुने "कला बार" ज्यादै विशेषतायुक्त र आकर्षित छन्। पैचिङ्गको श छा हाइ वरिपरि एउटा "बार सडक"अवस्थित छ। त्यहाँ विभिन्न शैलीका बारहरु, स्वच्छ ताल, डुङ्गाहरु तथा ढुङ्गे पुल मिल्दोजुल्दो देखिन्छन्। हरेक राति त्यहाँ ज्यादै रमाइलो वातावरणले भरिपूर्ण देखिन्छ। त्यस "बार सडक"ले प्राचीन पैचिङ्गलाई एउटा आधुनिक तथा रमणीय दृश्य थपिदिएको छ।
वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा प्रश्नः मलाई एउटा बियर चाहिन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?
दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।
वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।
दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।