नेपाली

पाठ नौ

criPublished: 2014-01-28 10:40:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कमलः भइहाल्छ नि।

वर्षाः पहिलो वाक्यः 'के भयो?'

कमलः चन् मो ल?

वर्षाः "फेरि चुरोट नखानुहोस्" लाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः नी पे चाई शी येन् ल।

वर्षाः ठीक भन्नुभयो। अन्तिम वाक्य- मलाई मेरो परिवारका सदस्यहरुको धेरै याद आइरहेको छ।

कमलः वो हन् श्याँग च्या।

वर्षाः ठिक छ। अब हामी तीनैवटा कुराकानी फेरि सुनौं-

वार्तालाप एक

कः चन् मो ल?

खः वो तु च् थङ

वार्तालाप दुइ

महिलाः नी पे चाई शी येन् ल।

पुरुषः वो ट् ताउ यौ हाई चेन् खाँग।

वार्तालाप तीन

महिलाः नी चाई श्वे श्याओ हाई हाउ मा?

पुरुषः वो हन् श्यांग च्या।

वर्षाः अब आजको कार्यक्रमको अन्तिम भाग अर्थात् "चिनियाँ संस्कृतिका एक झलक" तिर लागौं।

कमलः यो पनि मलाई मन पर्ने भाग हो नि।

वर्षाः ठीक छ। श्रोताहरुलाई पनि मन पर्ने भाग हुनसक्छ यो। सुनाउनुहोस न, श्रोताहरुलाई।

कमलः ठीक छ, सुनाउँछुः

कुनै एउटा घर-परिवारमा कसले सबैभन्दा महत्वपूर्ण भूमिका खेल्छ भन्ने कुरामा चीन र पश्चिमी मुलुकहरुबीच ठूलो अन्तर छ। चीनको परम्पराअनुसार, घरका सबैभन्दा पाका मानिसले घर-परिवारमा अह्राउने-खटाउने जिम्मेवारी वहन गरिरहेका हुन्छन। तर हाल चीनमा परिवार साना छन, तीनजना मात्र सदस्य भएका। त्यसैले एक मात्र छोरा वा छोरी हुने धेरैजसो चिनियाँ परिवारमा तीनीहरुलाई नै प्रायजसो ती परिवारका केन्द्र बनाइएको हुन्छ। सिंगै घर-परिवार त्यस वालक वरिपरि घुमिरहन्छ। अझ कहाँसम्म भने, तीमध्येका धेरै वालकहरु अतिसय मायाका कारण परिवारका "सानो राजा" बनेका हुन्छन। सबैभन्दा माथि हजुर-बुबा-आमा र तल नाती-नातिनी रहेको अवस्थामा बीचमा रहेका आमा-बाबुसङ्गको सम्बन्धलाई कहिलेकाहीं बेवास्ता गरिएको पनि देखिन्छ। यस्तो अवस्थामा अहिलेआएर झन-झन बढी घर-परिवारले यस समस्यालाई बुझेर यस्तो स्थितिमा सुधार गरिरहेको देखिन्छ।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn