नेपाली

पाठ नौ

criPublished: 2014-01-28 10:40:03
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमको सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई । म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले चिनियाँ भाषामा एक-अर्काका बारेमा जानकारी लिने सन्दर्भमा कुराकानी गर्दा कसरी गर्ने भन्ने विषयमा केही कुरा सिकेका थियौं। आज हामी फेरि अघिल्लो पाठमा सिकेका वाक्यहरु दोहर्‍याएर सिकौं।

कमलः अब शुरु गरौं। तपाईंले भर्खरै गराएको चिनापर्चीले मलाई तपाईंकी बहिनीसङ्ग परिचित गराएको छ। उनी के काम गर्छिन भन्ने बारेमा पनि म थाहा पाउन चाहन्छु। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले 'नी मै मै श् चो शन् मो त?' भन्नुपर्छ।

कमलः नी मै मै श् चो शन् मो त?

वर्षाः चिनियाँ भाषामा "तपाईंकी बहिनी हुन्" लाई "नी मै मै श्" भन्नुपर्छ।

कमलः नी मै मै श्

वर्षाः "के काम गर्नु" लाई चिनियाँ भाषामा " चो शन् मो त?" भन्नुपर्छ।

कमलः चो शन् मो त। यदि म कुनै एकजना व्यक्तिको स्वभाव र चरित्रबारे जानकारी लिनचाहन्छु भने अथवा "तपाईंलाई उनी कस्ती लाग्छिन?" भन्नचाहन्छु भने चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः यसरी भन्नुपर्छ- नी च्युए त था चन् मो याँग?

नी च्युए त था चन् मो याँग?

वर्षाः "च्युए त" भन्ने शब्द बोलचालको भाषा हो। त्यसको अर्थ "लाग्नु वा महसूस हुनु" हो।

कमलः च्युए त

वर्षाः "चन् मो याँग" को अर्थ "कस्तो" हो।

कमलः चन् मो याँग

वर्षाः "तपाईंलाई उनी कस्ती लाग्छ?" लाई चिनियाँ भाषामा "नी च्युए त था चन् मो याँग?" भन्नुपर्छ।

कमलः नी च्युए त था चन् मो याँग?

वर्षाः "उनी धेरै सुन्दरी छिन्" लाई चिनियाँ भाषामा "था हन् फ्याओ ल्यांग" भन्नुपर्छ।

कमलः था हन् फ्याओ ल्यांग

वर्षाः "फ्याओ ल्याँग" को अर्थ " सुन्दर" हो।

कमलः फ्याओ ल्याँग

वर्षाः "उनी एकदमै चलाख छिन्" लाई चिनियाँ भाषामा " था थ पे छोंग मिंग" भन्नुपर्छ।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn