पाठ नौ
कमलः था थ पे छोंग मिंग
वर्षाः "थ पे" को अर्थ "एकदमै" हो।
कमलः थ पे
वर्षाः "छोंग मिंग" को अर्थ "चलाख" हो।
कमलः छोंग मिंग
वर्षाः उनी एकदमै चलाख छिन्।
था थ पे छोंग मिंग।
कमलः था थ पे छोंग मिंग।
वर्षाः बस। अब हामी फेरि एक पटक अघिल्लो पाठमा सिकेको कुराकानी सुनौं। हेरौं, यो सुनेपछि तपाईंलाई सम्झन कति सजिलो हुन्छ।
महिलाः नी मै मै श् चो शन् मो त?
पुरुषः था श् लाउ श्
पुरुषः नी श् चो शन् मो त?
महिलाः वो श् ची ट्र।
महिलाः नी च्युए त था चन् मो याँग?
पुरुषः था हन् फ्याओ ल्यांग। था थ पे छोंग मिंग।
वर्षाः अब हामी आजको पाठतिर लागौं।
चन् मो ल?
नी पिए चाई शी यान ल।
वो हन् श्याँग च्या।
कमलः नेपालमा अकस्मात कुनै घटना भएमा मानिसहरु " के भयो?" भनेर सोधिहाल्छन। यसरी "के भयो?" भनेर भन्नुपर्दा चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईंले यसरी भन्नुपर्छ- चन् मो ल?
वर्षाः " चन् मो" को अर्थ " कस्तो वा के" हो।
कमलः चन् मो
वर्षाः "ल" भन्ने शब्दले प्रश्न सोध्ने काम गर्छ।
वर्षाः "के भयो?" चन् मो ल?
वर्षाः अब तलको कुराकानी सुनौं।
खः वो तु च् थङ।
कमलः वर्षाजी, म तपाईसँग एउटा प्रश्न सोधुं? मैले मेरा एकजना चिनियाँ साथीलाई केही समय अघिदेखि निराश भएको जस्तो देखिरहेको छु। उहाँले अहिले आएर खुब चुरोट खानथाल्नुभएको छ। उहाँलाई अब चुरोट नखान अनुरोध गर्न मलाई मन लाग्छ। यस वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः तपाईंले यसरी भन्नुपर्छ- नी पे चाई शी येन् ल।
वर्षाः अब हामी यस वाक्यलाई टुक्र्याएर सिकौं।
"नी" को अर्थ "तपाईं" हो।
कमलः नी
वर्षाः " पे" को अर्थ "नाईं" हो।
कमलः पे
वर्षाः "चाई" को अर्थ "फेरि" हो।
कमलः चाई
वर्षाः "शी येन्" को अर्थ "चूरोट खानु" हो।
वर्षाः "ल" ले यहाँनेर प्रश्नवाचक शब्दको काम गरेको छ। यस वाक्यले अरुलाई सम्झाउने काम गरेको छ।