पाठ एकतीस
वर्षाः अर्को पनि एउटा विशेषता छ, र त्यो के हो भने चिनियाँ भाषामा संज्ञाको अगाडि संख्यावाचक शब्द जोडिएको हुन्छ। नेपाली भाषा वा अंग्रेजी भाषा पनि यस्तै छ। जस्तो कि " यी थौ व्हाँग न्यू, एउटा गोरु", यस वाक्यांशमा "थौ" संख्यावाचक शब्द हो। चिनियाँ भाषामा संख्यावाचक शब्द धेरै छन, तर सबैभन्दा बढी प्रयोगमा ल्याइने संख्यावाचक शब्द "क" नै हो।
कमलः क
वर्षाः हामी "'एउटा मानिस' यी रन" भन्दैनौं र "एकजना मानिस यी क रन" वा "दुइजना मानिस ल्याँग क रन" भन्छौं।
कमलः यी क रन, ल्याँग क रन।
वर्षाः अर्को प्रायजसो प्रयोगमा आउने संख्यावाचक शब्द "थिआउ, हो। यस शब्द लामो वा मसिनो चीजलाई संकेत गर्दा प्रयोगमा ल्याइन्छ। यसैले हामी "यी थिआउ लु अर्थात एउटा बाटो" र "ल्याँग थिआउ लु अर्थात दुइवटा बाटा" भन्छौं।
कमलः यी थिआउ लु, ल्याँग थिआउ लु।
वर्षाः यस प्रसंगमा म अझै के भन्न चाहन्छु भने अंग्रजी भाषामा झैं चिनियाँ भाषामा पनि "गोरु" को अगाडि संख्यावाचक शब्दको प्रयोग गरिएको हुन्छ। "थौ" को अर्थ "वटा" हो। त्यसैले हामी " सान थौ न्यू अर्थात तीनवटा गोरु" भन्नेगर्छौं।
कमलः सान थौ न्यू।
वर्षाः अंग्रेजी भाषामा एउटा चीज बताउँदा एउटा शब्दको प्रयोग गरे पुगिहाल्यो। तर चिनियाँ भाषामा दुइवटा शब्द, तीनवटा शब्द र कहिलेकाहीं चारवटा शब्दसमेतको प्रयोग गरिएको हुनसक्छ। उदाहरणका लागि "दमकल गाडी भन्दा 'श्याओ फाँग ठ्र ल्याँग" । यसको अर्थ "फायर व्हो3 भियकल ठ्र1 अर्थात रेल" हो। त्यसो भए तपाईं भन्नुहोस् त "फायर माउन्टेन अग्नि पहाड" को अर्थ के हो?
कमलः व्हो शान अर्थात ज्वालामुखी।
वर्षाः एकदमै ठीक। अर्को एउटा उदाहरण पनि मलाई धेरै मन पर्छ। "व्हो3 ची1, टर्की"। अर्को उदाहरण "छी ठ्र अर्थात स्टीम भियकल को अर्थ "मोटर-गाडी" हो। " तेन तोंग छी ठ्र अर्थात इलेक्ट्रीक भियकल" को अर्थ "विद्युतचालित बस" हो। बुझ्नुभयो?
कमलः मैले बुझें। "छी ठ्र, मोटर-गाडी", "तेन ठ्र, विद्युतचालित बस"।
वर्षाः पछिका पाठहरुमा हामी तपाईंहरुलाई चिनियाँ अक्षरको उच्चारण सम्बन्धी अरु बढी अभ्यास गराउनेछौं।
कमलः धन्यवाद।
वर्षाः हवस, आजको कक्षा यति नै। अरु दिनमा झैं आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "सटीम भियकल अर्थात मोटर-गाडी" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ चेन।