पाठ एकतीस
कः ट्रौ मो यौ शन मो ची व्हा?
खः वो मन श्याँग खाई ठ्र छ्यु ठ्राँग ठ्रंग वान् वान्।
वार्तालाप तीन
कः चा मन शन मो श् हौ ठ्रु फा?
खः शिंग छी ल्यु चाउ शाँग लिउ तेन चाई ता मन खौ चेन मेन।
वार्तालाप चार
कः श्या यी क चिंग तेन हाई यौ त्वो युआन?
खः वो ये पु थाई छिंग ठ्रु। ता काई हाई यौ श् कोंग ली।
वार्तालाप पाँच
कः ट्र अर त फंग चिंग थाई मै ल।
खः थाई फ्याओ ल्याङ ल।
कमलः वर्षाजी, तपाईंलाई थाहै छ, हामीले चिनियाँ भाषा सिकाउनथालेको केही समय भइसक्यो। मलाई के लागेको छ भने, भिनियाँ भाषा सिक्दा अप्ठ्यारो लागेका कुराहरुमध्येको एक भनेको सही उच्चारण गर्न सिक्नु हो।
वर्षाः हो त नि। यो म बुझ्छु। वर्तमान विश्वका विभिन्न मुलुकहरुले प्रयोग गरेका शब्दहरुमा चिनियाँ अक्षर मात्र ध्वनिबमोजिम अक्षर विन्यास नहुने अक्षर हो। चिनियाँ अक्षरको उत्पतिको बारेमा दुनियाँमा धेरै भनाइ फैलिएका छन। एउटा भनाइअनुसार, प्राचीन कालमा छाँग ची नाउँ गरेको एकजना मानिसले चराचुरुंगी र पशुहरुले माटोमा छोडेको पदचिन्हको सूक्ष्मताका साथ निरीक्षण गरेबाट अक्षरको सिर्जना गर्ने विचार जागेको हो। यसरी नै चीनको सबैभन्दा पहिलेको चित्रगत संकेत रहेको प्राचीन अक्षर देखापर्यो।
कमलः उहाँ सांच्चिकै एकजना प्रतिभाशाली व्यक्ति हुनुहुँदोरहेछ, हैन त?
वर्षाः हो नि। पछि नयाँ चीनका पुरातत्वविदहरुले चीनको शान तोंग प्रान्तको च्यु शेन जिल्लामा पर्ने लिंग याँग नदीनजिकको चिहानमा डंगूरका डंगूर पुरातात्विक-सांस्कृतिक वस्तुहरुको उत्खनन गर्नुभएको थियो। तीमध्ये केही चिनियाँ माटोका भाँडामा उहाँहरुले चित्रजस्ता अक्षरहरु कुँदिएको भेट्टाउनुभयो। परीक्षण गरेर के प्रमाणित भएको छ भने ती अक्षरहरुको इतिहास चार हजार पाँच सय वर्षभन्दा लामो छ र त्यो चीनका सबैभन्दा पुराना चिनियाँ अक्षरहरुको प्रारम्भिक रुप हो।