पाठ एकतीस
कमलः ए मैले बुझे। चिनियाँ अक्षरहरु सम्झन मेरो लागि निकै गाह्रो कुरा हो। यसका लागि तपाईंसङ्ग कुनै राम्रो सुझाव छ कि?
वर्षाः चिनियाँ अक्षर चौकोस आकारको अक्षर हो। यसको वर्णमाला हुँदैन। साथै कुनै पनि अक्षरको लेखाइको कुने पनि निश्चित नियम छैन। त्यसैले सिक्नेहरुले कण्ठ पारेर सम्झनुपर्छ। यो पनि विदेशीहरुलाई चिनियाँ भाषा सिक्न गाह्रो लाग्ने कुराहरुमध्येको एक हो।
कमलः हो त नि। अनि अरु?
वर्षाः मानिसलाई ठीक तवरले चिनियाँ अक्षर छुट्याउन र पढ्न सजिलो होस् भन्नाका लागि चीन सरकारले 1958 मा औपचारिक रुपमा "हान यू फिंग यिन फाँग आन अर्थात चिनियाँ भाषाको ध्वनिबमोजिम अक्षर विन्यास हुने परिकल्पना" सार्वजनिक गरेको छ। सो परिकल्पनाले चिनियाँ भाषाको मेन्डरिंग बोलीको उच्चारणअनुसार चिनियाँ अक्षर लेख्न ल्याटिन अक्षरको जस्तो कुनै ध्वनिलाई सर्वदा उही अक्षर जनाउने तरिका अपनाएको छ।
कमलः "हान यू फिंग यिन फाँग आन" भनेको के हो? तपाईं मलाई यसबारे अलि व्याख्या गर्नसक्नुहुन्छ?
वर्षाः अवश्य। "हान यू फिंग यिन फाँग आन" भनेको उच्चारण दर्शाउने एक सेट चिन्ह प्रणाली हो। त्यसलाई स्वर वर्ण र व्यञ्जन वर्ण गरी दुइ भागमा विभाजित गरिएको छ। तीमध्ये एक्काइसवटा स्वर वर्णका अक्षर र उनान्चालीसवटा व्यञ्जन वर्णका अक्षर छन।
कमलः ए, मैले बुझें। तपाईंलाई धन्यवाद।
वर्षाः केही छैन। ध्वनिबमोजिम अक्षर विन्याससम्बन्धी कुरा उठाउँदा चिनियाँ भाषाको बोलीमा चारवटा ध्वनि छन, जुन यस प्रकार छ- उच्च र मधूर ध्वनि अर्थात पहिलो ध्वनि, चढ्दो ध्वनि अर्थात दोश्रो ध्वनि, झर्दो-चढ्दो ध्वनि अर्थात तेश्रो ध्वनि र झर्दो ध्वनि अर्थात चौथो ध्वनि। त्यको अर्थ के हो भने, एउटै ध्वनिबमोजिम अक्षर विन्यास हुँदा चारवटा ध्वनिअनुसार फरक स्वर निस्कन सक्छ। साथै फरक स्वरको अर्थ पनि फरक हुन्छ। उदाहरणका लागि, "मा"को उच्चारण गर्दा पहिलो ध्वनि "मा" को अर्थ "आमा" हो, दोश्रो ध्वनि "मा" को अर्थ "सनपाट", तेश्रो ध्वनि "मा" को अर्थ "घोडा" र चौथो ध्वनि "मा" को अर्थ " गाली गर्नु" हो।