नेपाली

पाठ सोह्र

criPublished: 2014-01-28 10:46:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

कः वो मन छ्यु माई तेन यिन ल्याउ पा।

खः नि शी व्हान हुँ ठ्र हाई श् ल्यु ठ्रा?

कः हुँ ठ्रा।

कमलः गएको पाठका विषय आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं। आजका मुख्य वाक्यहरु यस प्रकार छनः

वो हन काउ शिंग रन श नि।

ट्र श वो त ना शौ छाई।

नि तो ठ्र तेन।

श्या छ् छिंग नि ताउ वो च्या चो ख।

कमलः म चीनमा आएको धेरै समय भैसकेको छ। हुन त विभिन्न क्षेत्रमा मैले चिनियाँहरुको उत्साहबारे ठूलो अनुभव गरेको छु र क्रमशः म पनि अभ्यस्त भैरहेको छु। कहीलेकाहीं मैले चिनियाँ साथीहरुको घरमा जानेगरेको छु। तपाईंको परिवारका सदस्यहरुसित परिचित हुनपाएकोमा मलाई ज्यादै खुशी लागेको छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने? मलाई सिकाउनुहुन्छ कि?

वर्षाः हुन्छ। म तपाईंलाई सिकाउँछु। तपाईं 'वो हन काउ शिंग रन श नि त च्या रन' भन्न सक्नुहुन्छ।

कमलः वो हन काउ शिंग रन श नि त च्या रन ।

वर्षाः वो, म।

कमलः वो।

वर्षाः हन। ज्यादै।

कमलः हन।

वर्षाः काउ शिंग। खुशी।

वर्षाः नि त। तपाईंको।

कमलः नि त।

वर्षाः च्या रन। परिवारका सदस्य।

कमलः च्या रन।

वर्षाः वो हन काउ शिंग रन श नि त च्या रन।

कमलः वो हन काउ शिंग रन श नि त च्या रन । तपाईंको परिवारका सदस्यहरुसित परिचित हुनपाएकोमा मलाई ज्यादै खुशी लागेको छ। अब तलको वार्तालाप सुन्नुहोस।

वर्षाः अब हामी सँगसँगै अभ्यास गरौं। काउ शिंग, खुशी।

कमलः काउ शिंग।

वर्षाः रन श। चिन्नु।

कमलः रन श।

वर्षाः नि त च्या रन। तपाईंको परिवारका सदस्य।

कमलः नि त च्या रन।

कः व्हान यिङ नि लाई चो ख।

खः वो हन काउ शिंग रन श नि त च्या रन ।

वर्षाः भर्खरै हामीले आजको पहिलो वार्तालाप सुन्यौं।

कमलः मैले केही साथीहरुलाई मेरो घरमा निमन्त्रणा गर्ने मेरो योजना गरेको छु। मैले केही चिनियाँ खानेकुरा पकाउन सिकेकोछु।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn