नेपाली

पाठ उनान्सट्ठी

criPublished: 2014-01-28 14:26:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दायाराम: ती केटी निकै सुन्दरी छिन्। रक्सी खानुबाहेक, उनीसँगै भात खान पनि मलाई मन लाग्छ। "फुर्सदको वेलामा हामी सँगै भात खाऔं, हुन्छ कि?"भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: तपाईं "यौ खोङ्ग यी छि ठ् फान पा" भन्न सक्नुहुन्छ।

वर्षा: ठ् फान। भात खानु।

वर्षा: यौ खोङ्ग यी छि ठ् फान पा।

दायाराम: "यौ खोङ्ग यी छि ठ् फान पा"।, फुर्सदको वेलामा हामीसँगै भात खाऔं, हुन्छ कि?

वर्षा: दायाराम जी, सुन्दरी केटीसँग भेटेको बेला सामान्य रुपमा तपाईं उनीहरुलाई के के कुरा भन्नुहुन्छ?

दायाराम: सर्वप्रथम, मलाई "उनीहरु ज्यादै सुन्दरी छन्" भन्न मन लाग्छ।

वर्षा: अनि चिनियाँ भाषामा कसरी भन्ने तपाईंलाई थाहा छ कि?

दायाराम: अहँ, मलाई थाहा छैन।

वर्षा: म सिकाउँ है! तपाईं "नि ट्रन फ्याउ ल्याङ्ग" भन्न सक्नुहुन्छ।

वर्षा: फ्याउ ल्याङ्ग, सुन्दरी।

वर्षा: पूर्ण वाक्य: नि ट्रन फ्याउ ल्याङ्ग।

दायाराम: "नि ट्रन फ्याउ ल्याङ्ग"।, तिमी ज्यादै सुन्दरी छ्यौ।

वर्षा: केटीहरु सामान्य रुपमा "शे शे" मार्फत तपाईंको जवाफ दिन्छन्।

दायाराम: शे शे ।

वर्षा: अब तलको वार्तालाप सुन्नुहोस।

दायाराम: अब हामी आजका मुख्य वाक्यहरु पुनः एक पटक दोहर्‍याएर सिकौं।

वर्षा: हुन्छ। पहिलो वाक्य: "नङ्ग थ्याउ ट् ऊ मा?" मसँग नाच्नुहुन्छ कि?

दायाराम: नङ्ग थ्याउ ट् ऊ मा?

वर्षा: "नङ्ग" भनेको "सक्नु" हो।

दायाराम: नङ्ग।

वर्षा: थ्याउ ट् ऊ, नाच्नु।

दायाराम: थ्याउ ट् ऊ।

वर्षा: दोस्रो वाक्य: "वो छिङ्ग नि ह यी पै, हाउ मा?", म तिमीलाई एक कप रक्सी खुवाउन सक्छु कि?

दायाराम: वो छिङ्ग नि ह यी पै, हाउ मा?

वर्षा: वो, म।

दायाराम: वो।

वर्षा: "छिङ्ग" भनेको "कृपया" हो।

दायाराम: छिङ्ग।

वर्षा: "ह यी पै" भनेको "एक कप रक्सी खानु"।

दायाराम: ह यी पै।

वर्षा: हाउ मा? हुन्छ कि?

दायारामः हाउ मा?

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn