नेपाली

पाठ उनान्सट्ठी

criPublished: 2014-01-28 14:26:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दायाराम: नमस्कार। म आजको उद्‍घोषक दायाराम दाहाल। गएको पाठमा हामीले बारमा रमाइलोसँग खेलेको विषयबारे चर्चा गरेका छौं।

वर्षा: हो नि। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। पहिलो वाक्य: मलाई एउटा बियर चाहिन्छ भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दायाराम: मलाई याद छः वो याउ यी फिङ्ग फि च्यौ।

वर्षा: ठीक छ, "वो याउ" भनेको "मलाई चाहिन्छ"।

दायाराम: वो याउ।

वर्षा: "यी फिङ्ग फि च्यौ" भनेको "एक बोतल बियर" हो।

दायाराम: यी फिङ्ग फि च्यौ।

वर्षा: फि च्यौ, बियर।

दायाराम: फि च्यौ।

वर्षा: वो याउ यी फिङ्ग फि च्यौ।

दायाराम: "वो याउ यी फिङ्ग फि च्यौ"।, मलाई एउटा बियर चाहिन्छ।

वर्षा: अब अर्को एउटा वाक्यः "निन याउ नै ट्रोंग फि च्यौ?" तपाईंलाई कुन किसिमको बियर चाहिन्छ?

दायाराम: निन याउ नै ट्रोंग फि च्यौ?

वर्षा: "नै ट्रोंग फि च्यौ" भनेको "कुन किसिमको बियर" हो।

दायाराम: नै ट्रोंग फि च्यौ।

दायाराम: "आइस चाहिन्छ कि" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

वर्षा: सजिलो छ नि, याउ च्या पिङ्ग मा?

दारायाम: याउ च्या पिङ्ग मा?

वर्षा: "पिङ्ग", "आइस"को अर्थ।

दायाराम: पिङ्ग।

वर्षा: याउ च्या पिङ्ग मा?

दायाराम: याउ च्या पिङ्ग मा?

वर्षा: "आइस चाहिन्छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

दायाराम: मलाई याद छ: "च्या पिङ्ग"।

वर्षा: ठीक छ, च्या पिङ्ग।

वर्षा: अब एउटा अर्को वाक्य: "यौ मै यौ थान स्वान यिन ल्याउ?" पिउने हलुका पेय छ कि?

दायाराम: यौ मै यौ थान स्वान यिन ल्याउ?

वर्षा: "यौ मै यौ," "छ कि छैन" भन्ने अर्थ।

दायाराम: यौ मै यौ।

वर्षा: "थान स्वान यिन ल्याउ" भनेको "पिउने हलुका पेय"। दायाराम: थान स्वान यिन ल्याउ।

वर्षा: यौ मै यौ थान स्वान यिन ल्याउ?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn