पाठ सात
वर्षाः यसलाई फेरि एक पटक दोहर्याऔं- ह्वै क तेन् ह्वा, प्रत्युत्तरमा फोन गर्नु।
कमलः ह्वै क तेन् ह्वा
वर्षाः अब हामी पूरा वाक्यतिर लागौं- "कृपया, उहाँलाई मलाई फोन गर्न भनिदिनुहोस" भनेर चिनियाँ भाषामा भन्नुपर्दा यसरी भन्नुपर्छ-
छिंग था कै वी ह्वै क तेन् ह्वा।
वर्षाः अब तेश्रो कुराकानी सुनौं-
वार्तालाप तीन
पुरुषः हवस।
महिलाः मेरो टेलिफोन नम्बर 87654321 हो।
वर्षाः यो तेश्रो कुराकानी हो। अरु बेला झैं हामी कुराकानीको पूर्ण विवरण सुन्नुअघि सबैभन्दा पहिले आज सिकेका वाक्यहरु दोहर्याएर सिकौं। म नेपालीमा भन्छु। तपाईंले चिनियाँ भाषामा भन्ने अभ्यास गर्नुहोस्। हुन्छ?
कमलः हस्।
वर्षाः पहिलो वाक्य-"हेलो, मेनेजर लिउ घरमा हुनुहुन्छ?"
कमलः वै, लिउ चिंग ली चाई च्या मा?
वर्षाः श्याबास। दोश्रो वाक्य-यदि उहाँ घरमा हुनुहुन्न भने तपाईंलाई थाहा छ "उहाँ कहिले फर्कनुहुन्छ?"लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
कमलः था शन् मो श् हौ ह्वै लाई?
वर्षाः त्यसो भए "उहाँलाई फोन गर्न भनिदिनु" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ त?
कमलः छिंग था कै वी ह्वै क तेन् ह्वा।
वर्षाः एकदमै राम्रो छ। म ज्यादै जिम्मेवारीपूर्वक के भन्नचाहन्छु भने तपाईंले अभ्यास गर्नुभएको एकदमै राम्रो छ। अब तलको कुराकानीको पूर्ण विवरण सुनौं-
वार्तालाप एक
महिलाः वै, लिउ चिंग ली चाई च्या मा?
पुरुषः श्, था पु चाई च्या।
महिलाः था शन् मो श् हौ ह्वै लाई?
पुरुषः वो ये पु ट् ताउ।
वार्तालाप दुइ
महिलाः छिंग था कै वो ह्वै क तेन् ह्वा।
पुरुषः हस्
महिलाः महिलाः मेरो टेलिफोन नम्बर 87654321 हो।
पुरुषः हस, म अवश्य उहाँलाई भन्छु।
वर्षाः अब हामी सँगसँगै "चिनियाँ संस्कृतिका एक झलक" सुनौं।
चिनियाँ संस्कृतिका एक झलक
सामान्यतया चिनियाँहरुलाई जोडी संख्या मन पर्छ, जसलाई लच्छिनको कुरा ठानिएको छ। साथै "आठ" भन्ने यो जोडी संख्या "पा"को उच्चारण चिनियाँ भाषामा "धनी बन्नु" भन्ने शब्द "फा" को उच्चारणसित मिल्दो-जुल्दो भएका कारण यस संख्याले मानिसहरुका लागि लच्छिनको छ भन्ने विश्वास गरिन्छ। त्यसैले धेरै चिनियाँहरु टेलिफोन नम्बर वा अरु नम्बर छान्दा "आठ अथवा चिनियाँ भाषामा पा" भन्ने संख्या पाएको भए कति बेस हुने थियो भन्ने विचार गर्दछन। त्यस्तै संख्या "छ अथवा चिनियाँ भाषामा लिउ" लाई छान्ने मानिसहरुको ताँती नै लाग्छ। चिनियाँहरु सधैं भन्ने गर्छन्- "लिउ लिउ ता शुन"। त्यसको अर्थ हो- "छ" को संख्याले मानिसलाई सौभाग्य ल्याउनसक्छ। धेरैजसो चिनियाँहरु आफ्नो विवाहको दिन "छ" अथवा चिनियाँ भाषामा लिउ" को अङ्क परेको दिन गर्न रुचाउँछन। त्यसको तुलनामा "चार" अथवा चिनियाँ भाषा "स्" जसको उच्चारण "मर्नु अथवा चिनियाँ भाषामा स्"को उच्चारणसङ्ग मिल्दो-जुल्दो भएको हुनाले यस संख्यालाई मानिसहरु छी छी गर्छन।
वर्षाः हवस त। आज हामीले सिक्नुपर्ने विषयहरु यत्ति नै। अरु बेला झैं आज पनि म तपाईंहरुका लागि एउटा प्रश्न छोडेर विदा माग्नचाहन्छु।
कमलः प्रश्न छः "कृपया, उहाँलाई मलाई फोन गर्न भनिदिनुहोस्" भनेर चिनियाँ भाषामा कसरी भन्नुपर्छ?
वर्षाः यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ।
कमलः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।
आजलाई नमस्कार - चाइ च्यान।
वर्षाः फेरि भेटौंला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस है।