नेपाली

पाठ सात

criPublished: 2014-01-28 10:38:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वै, लिउ चिंग ली चाई च्या मा?

वर्षाः हामी पहिलो कुराकानी सुनौं।

पुरुषः था पु चाई च्या।

वर्षाः उत्तर नकारात्मक छ। यसको अर्थ मेनेजर लिउ घरमा हुनुहुन्न भन्ने हो। यदि तपाईं "उहाँ कहिले फर्कनुहुन्छ?" भनेर सोध्न चाहनुहुन्छ भने चिनियाँ भाषामा यसरी भन्नुपर्छ-

वर्षाः "था"को अर्थ "उहाँ" हो।

वर्षाः "शन् मो श् हौ" भन्ने शब्द यसभन्दा अघि हामीले सिकिसकेका छौं। त्यसको अर्थ " कहिले, कुन समय वा कुन वेला" भन्ने हो।

कमलः हो। "शन् मो" को अर्थ " के वा कुन" हो र " श् हौ" को अर्थ " समय वा बेला" हो।

वर्षाः " ह्वै लाई" को अर्थ "फर्कनु" हो।

कमलः ह्वै लाई

वर्षाः " उहाँ कहिले फर्कनुहुन्छ?"

था शन् मो श् हौ ह्वै लाई?

वर्षाः ल ठीक छ। अब हामी दोश्रो कुराकानी सुनौं।

कमलः ए, मैले बुझें। मेनेजर लिउ कहिले फर्कने भन्ने कुरा उहाँलाई पनि थाहा रहेन छ।

वर्षाः ठीक भन्नुभयो।

कमलः त्यसो भए "कृपया, उहाँलाई मलाई फोन गर्न भनिदिनुहोस्" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्नुपर्छः 'छिंग था कै वी ह्वै क तेन् ह्वा।'

कमलः ओ, यो वाक्य अति लामो रहेछ। त्यसलाई टुक्र्याएर व्याख्या गर्न सक्नुहुन्छ?

वर्षाः कुनै समस्या छैन। "छिंग" को अर्थ "कृपया" हो।

कमलः छिंग

वर्षाः यस वाक्यमा "था"को अर्थ "उहाँ" हो।

कमलः था

वर्षाः "कै"को अर्थ "दिनु" हो।

कमलः कै

वर्षाः " वो" को अर्थ "म" हो।

कमलः म

वर्षाः "ह्वै क तेन् ह्वा" को अर्थ "फोन गर्नु" हो।

वर्षाः " ह्वै" को अर्थ "फर्काउनु" हो।

कमलः ह्वै

वर्षाः यस वाक्यमा "क" भन्ने शब्द टेलिफोन गर्दा भनिने मापक शब्द हो।

कमलः क

वर्षाः "तेन् ह्वा" को अर्थ "टेलिफोन" हो।

कमलः तेन् ह्वा

वर्षाः "ह्वै क तेन् ह्वा" को अर्थ "एउटा फोन गर्नु" हो।

कमलः "ह्वै क तेन् ह्वा" को अर्थ कुनै व्यक्तिलाई प्रत्युत्तरमा फोन गर्नु हो।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn