नेपाली

पाठ सात

criPublished: 2014-01-28 10:38:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः नमस्कार, श्रोताहरु। "दैनिक जीवनको चिनियाँ भाषामा!" तपाईंहरु सबैलाई स्वागत। म यस कार्यक्रम सञ्चालिका वर्षा।

कमलः सबैलाई नमस्कार। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले भेट-घाटसम्बन्धी छोटो वाक्य सिकेका थियौं। आज हामी टेलिफोन गर्दा उपयोगमा आउने केही कुराहरु सिक्दैछौं। त्यसअघि हामी गत पाठमा सिकेका विषयहरु दोहर्‍याएर सिकौं।

कमलः "हलो, तपाईं को बोल्नुभएको?" भनेर चिनियाँ भाषामा "वै, छिंग वन् श् नै वै?" भन्नुपर्छ।

वर्षाः ठीक छ। "वै" भन्ने शब्द नमस्कार भन्ने अर्थमा उपयोगमा आउने शब्द हो। टेलिफोन गर्दा यो शब्द, वास्तवमा, "हेलो" को अर्थमा उपयोग गरिन्छ।

कमलः "छिंग वन्" को अर्थ "कृपया, भन्नुहोस" हो।

वर्षाः ठीक भन्नुभयो। "श्" को अर्थ "हो" हो।

कमलः श्

वर्षाः "नै वै" भनेको "को हँ, को बोल्नुभएको" हो।

कमलः नै वै

वर्षाः "हलो, तपाईं को बोल्दुभएको?" वै, छिंग वन् श् नै वै?

कमलः वै, छिंग वन् श् नै वै?

वर्षाः त्यसैगरी चिनियाँ भाषामा "हामी कहिले र कहाँ भेट्ने?" लाई "वो मन ची तेन् चेन् मेन्? चाई ना अर चेन् मेन्?" भन्नुपर्छ।

कमलः वो मन ची तेन् चेन् मेन्? चाई ना अर चेन् मेन्?

वर्षाः "वो मन्" को अर्थ "हामी" हो।

कमलः वो मन

वर्षाः "ची तेन्" को अर्थ "कति बजे वा कहिले" हो।

कमलः ची तेन्

वर्षाः "चेन् मेन्" को अर्थ "भेट" हो।

कमलः चेन् मेन्

वर्षाः वो मन् ची तेन् चेन् मेन्?

कमलः वो मन् ची तेन् चेन् मेन्?

वर्षाः चिनियाँ भाषामा "कहिले भेट्ने?" भन्नुपर्दा "चाई ना अर चेन् मेन्?" भन्नुपर्छ।

कमलः चाई ना अर चेन् मेन्?

वर्षाः "चाई ना अर" को अर्थ "कहाँ" हो।

कमलः चाई ना अर

वर्षाः यदि तपाईं साथीसङ्ग "तपाईंलाई कहिले फुर्सद छ?" भनेर सोध्नचाहनुहुन्छ भने यस वाक्यलाई चिनियाँ भाषामा " नी शन् मो श् हौ यौ खोंग?" भन्नुपर्छ।

कमलः नी शन् मो श् हौ यौ खोंग?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn