नेपाली

पाठ बाह्रौ

criPublished: 2014-01-28 10:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः यो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा हो। प्रिय श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म उदघोषिका वर्षाको स्वागत।

कमलः नमस्कार। म कमल लम्सालको पनि।

वर्षाः गत पाठमा हामीले मानिसको रुचीबारे केही सिकेका थियौं। अब हामी यस्ता केही मुख्य वाक्य पुनः एक पटक सिकौं। हाल तपाईं व्यस्त हुनुहुन्छ कि भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः मेरो विचारमा, त्यसलाई "नि चुई चिन मांग मा?" भन्नुपर्छ।

वर्षाः ठीक छ। "चुई चिन"को अर्थ हाल हो।

कमलः चुई चिन।

वर्षाः "मांग" भनेको व्यस्त हो।

कमलः मांग।

वर्षाः "तपाईंको रुची के हो" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः नि त आई हाउ श शन मो?

वर्षाः "आई हाउ" भनेको मानिसको रुची हो।

कमलः आई हाउ।

वर्षाः "म किताब पढ्न म पराउँछु" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः वो शी व्हान खान शु।

वर्षाः ठीक भन्नुभयो। "खान शु" भनेको किताब पढ्नु हो।

कमलः खान शु।

वर्षाः गत पाठको अन्तिम वाक्य "साताको विदामा तपाईंले के गर्नेगर्नुभएको छ" भन्ने वाक्यलाई चिनियाँ भाषामा कसरी भन्ने?

कमलः चौ म नि यि पान तौ कान शन मो?

वर्षाः "चौ मो"को अर्थ साताको अन्तिम दिन अर्थात विदाको दिन हो।

कमलः चौ म।

वर्षाः अब हामी गत पाठका वार्तालाप सुनौं।

कः नि चुई चिन मांग मा?

खः वो हन मांग।

कः मांग शन मो?

खः कुंग चो।

कः नि त आई हाउ श् शन मो?

खः वो शी व्हान खान शु। नि न? नि यौ शन मो आई हाउ?

कः वो शी व्हान ल्यो यौ।

कः चौ म नि यि पान तौ कान शन मो?

खः ता वांग छ्यौ।

कमलः हवस्त, गत पाठमा सिकेका विषयहरु दोहर्‍याउने क्रम आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं है त।

आजका मुख्य वाक्यहरु

नि श्यांग ठ् शन मो?

वो श्यांग याउ यि क हान पाउ, हाई यौ यि पै हुंग ठ्रा।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn