पाठ सत्ताइस
बोलाउँदा प्रयोग हुने शब्द
अंग्रेजी भाषामा मानिसहरु वयस्क पुरुषलाई बोलाउँदा "मिस्टर फलाना" वा नेपाली भाषामा "फलानाजी", विवाह नभएकी केटीलाई "मिस् फलाना" वा "सुश्री फलाना" र विहे भएकी महिलालाई "मदाम फलाना" वा "श्रीमती फलाना" भनेर बोलाउने चलन छ। कहिलेकाहीं कुनै विशेष ठाउँमा आफ्नै नाता परेका मानिसबीच पनि एक-अर्कालाई मिस्टर वा मिस् भनेर बोलाइन्छ। तर चिनियाँहरुको परम्परामा अपरिचित मानिसलाई पनि शिष्ट भाव देखाउनका लागि कहिलेकाहीं आफ्नै नाता सम्बन्ध परेको जस्तो शब्दको प्रयोग गरी बोलाउने चलन छ। जस्तै उदाहरणका लागि "ता ये- काका, ता न्याँग- काकी, ता क- दाई, ता चे- दिदी" आदि। चालकलाई पनि कदर गरी "श् फु- गुरु" भनेर संवोधन गर्ने चलन छ। "श् फु" को अर्थ शीप कौशल भएका मानिसलाई संवोधन गर्दा प्रयोग गरिने एक किसिमको आदरबोधक शब्द हो।
वर्षाः हवस, आजको पाठ यत्ति नै। आजको पाठ टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न सोध्नचाहन्छु। "ठ्याक्कै ढोका अगाडि रोकिदिनुहोस्।" भनेर चिनियाँ भाषामा भन्नुपर्दा कसरी भनिन्छ?
कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।
वर्षाः नमस्कार
कमलः चाइ चेन।