पाठ सत्ताइस
आजका मुख्य विषयहरुः
छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन।
ट् ताउ चन् मो चौ मा?
छिंग निंग खाई मान तिअर।
च्यौ थिंग चाई मन खौ पा।
कमलः वर्षाजीः मेरो चिनियाँ भाषाको स्तर त्यतिको राम्रो छैन। बसमा कतै जाँदा कहिलेकाहीं बाटो अल्मलिन्छ। त्यसैले ट्याक्सी चढेमा धेरै सजिलो हुन्छ भन्ने मलाई लाग्छ। ट्याक्सी चालकलाई "मलाई केन्द्रीय अस्पताल जानुछ" भन्ने वाक्य कसरी भन्नुपर्छ?
वर्षाः तपाईं यसरी भन्नुसक्नुहुन्छ- छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन।
कमलः छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन।
वर्षाः "सोंग", "पुर्याउनु"।
कमलः सोंग।
वर्षाः "वो", "म"।
कमलः वो।
वर्षाः "ट्रोंग शिन", "केन्द्र"।
कमलः ट्रोंग शिन।
वर्षाः "यी युआन", "अस्पताल"।
कमलः यी युआन।
वर्षाः "छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन"। "कृपया, मलाई केन्द्रीय अस्पताल पुर्याउनुहोस्"। वास्तवमा तपाईंले ट्याक्सी चढेपछि आफूले जानचाहेको ठाउँको नाउँ मात्र चालकलाई भनिदिए पुग्छ। उनीहरु बुझिहाल्छन।
कमलः ए, त्यसो भए मैले ट्रोंग शिन यी युआन मात्र भनेपुग्छ, हैन त?
वर्षाः एकदमै ठीक।
खः ताँग रान् ल, म पुरानो चालक हुँ नि।
वर्षाः "सोंग वो", "मलाई पुर्याउनु"।
कमलः सोंग वो।
वर्षाः "छ्यु", "जानु"।
कमलः छ्यु।
वर्षाः "ट्रोंग शिन यी युआन"। "केन्द्रीय अस्पताल"।
कमलः ट्रोंग शिन यी युआन।
वर्षाः छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन।
कमलः "छिंग सोंग वो छ्यु ट्रोंग शिन यी युआन"। "कृपया, मलाई केन्द्रीय अस्पतालमा पुर्याउनुहोस्"।
कमलः चालकलाई बाटो थाहा छ कि भनेर म सोध्नचाहन्छु।
वर्षाः त्यसो भए तपाईं यसरी भन्नसक्नुहुन्छ- ट् ताउ चन् मो चौ मा?
कमलः ट् ताउ चन् मो चौ मा?
वर्षाः "ट्र ताउ", "थाहा हुनु"।
कमलः ट्र ताउ।
वर्षाः "चन् मो", "कसरी"।
कमलः चन् मो।