नेपाली

पाठ सत्ताइस

criPublished: 2014-01-28 14:06:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

ट्याक्सी चढ्ने

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले बस चढ्दाखेरि प्रयोग हुने वाक्य सिकाएका थियौं। ती वाक्य बस चढ्नका लागि अत्यन्तै उपयोगी छन। अब हामी ती वाक्यहरु दोहर्‍याएर सिकौं।

कमलः हस। मलाई याद छ "यो बस तोंग फाँग आबास क्षेत्र पुग्छ?" लाई चिनियाँ भाषामा "ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?" भन्नुपर्छ। ठीक छ?

वर्षाः ठीक छ। "तोंग फाँग", "पूर्व"।

कमलः तोंग फाँग।

वर्षाः "श्याओ छ्यु", "सामुदायिक क्षेत्र वा आबास क्षेत्र"।

कमलः श्याओ छ्यु।

वर्षाः "कृपया, म एउटा टिकट किन्नचाहन्छु।", "माई यी ट्राँग फ्याओ"।

कमलः माई यी ट्राँग फ्याओ।

वर्षाः "फ्याओ", "टिकट"।

कमलः फ्याओ।

वर्षाः "ताउ ल छिंग नी काउ सु वो"।, "कृपया, स्टेशन पुगेपछि मलाई भनिदिनुहोस्"।

कमलः ताउ ल छिंग नी काउ सु वो।

वर्षाः "ताउ", "पुग्नु"।

कमलः "काउ सु", "भनिदिनु"।

कमलः काउ सु। "मैले कहाँ बस बदल्नु पर्छ?" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईंले यसरी भन्न सक्नुहुन्छ- चाई ना अर व्हान् ठ्र?

वर्षाः "चाई ना अर", "कहाँ"।

कमलः चाई ना अर।

वर्षाः "व्हान् ठ्र", "बस बदल्नु"।

कमलः बस फेर्नु।

वर्षाः चाई ना अर व्हान् ठ्र?

कमलः चाई ना अर व्हान् ठ्र?

वर्षाः अब पूरा वार्तालाप सुनौं।-

कः ट्र ठ्र ताउ तोंग फाँग श्याओ छ्यु मा?

खः ताउ। निंग शाँग ठ्र पा।

कः माई यी ट्राँग फ्याओ।

खः ल्याँग ख्वाई छेन।

कः ताउ ल छिंग नी काउ सु वो।

खः हाउ त।

वार्तालाप चार

कः ट्र ठ्र पु ताउ तोंग फाँग श्याओ छ्यु। निंग तै व्हान् ठ्र।

खः चाई ना अर व्हान् ठ्र?

कः श्या यी ट्रान व्हान याओ लिंग याओ लु।

कमलः हवस्। अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn