नेपाली

पाठ छ

criPublished: 2014-01-28 10:37:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ संस्कृतिको एक झलक

कुनै पनि मुलुकमा एकजनाले अरुले दिएको उपहार ग्रहण गर्दा "धन्यवाद" भन्नुपर्छ र उपहार प्रदान गर्नेतिर मुस्कान छर्नुपर्छ। पश्चिमी मुलुकहरुमा त धन्यवाद व्यक्त गर्नका लागि उपहार दिनेलाई अंकमाल गरेर गालामा मुख जोड्ने चलन पनि छ। तर चिनियाँहरु उपहार पाउँदा शुरुमा जहिले पनि "चाहिंदैन, चाहिंदैन, लाज लाग्छ नि" भनेर भन्छन्। वास्तवमा, यो एक किसिमको भलाकुसारी हो। चिनियाँहरु सामान्यतया उपहार दिनेको अगाडि त्यो उपहार खोल्दैनन। परम्पराअनुसार, चिनियाँहरु सामान्यतया उपहारको मूल्य र महत्वमा बढी ध्यान दिन्छन। उनिहरुको विचारमा, मूल्यवान् उपहार मात्र दिनमिल्छ र त्यसमार्फत आफ्नो मनको सदिच्छापूर्ण भाव अभिव्यक्त गर्नसकिन्छ। त्यसैले उनीहरु महंगा चीज मात्र साथीहरुलाई दिनेगर्छन।

वर्षाः आजको पाठ समाप्त हुनुअघि अरु बेला झैं हामी तपाईंहरुलाई एउटा प्रश्न सोध्नचाहन्छौं।

कमलः "तपाईंको फुर्सद कहिले छ?" भनेर चिनियाँ भाषामा भन्नुपर्दा कसरी भन्ने?

वर्षाः यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ।

कमलः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

वर्षाः म वर्षा। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौंला। आजलाई चाइ च्यान।

कमलः नमस्कार, फेरि भेटौंला। आफ्नो स्वास्थ्यको बढी ख्याल गर्नुहोस, है।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn