नेपाली

पाठ छ

criPublished: 2014-01-28 10:37:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः सबैलाई नमस्कार। कार्यक्रम "दैनिक जीवनको चिनियाँ भाषा"मा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः सबैलाई नमस्कार। म कमल लम्साल।

वर्षाः अघिल्लो पाठमा हामीले मुख्यतः सहयोग माग्दा अभिव्यक्त गर्ने तरिकाबारे सिकेका थियौं। अब हामी ती विषय दोहर्‍याएर सिकौं।

कमलः हुन्छ। "के तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?" भनेर चिनियाँ भाषामा "नी नङ पाँग वो यी क माँग मा?" भन्नुपर्छ।

वर्षाः नी नङ पाँग वो यी क माँग मा?

वर्षा: "पाँग माँग" को अर्थ "सहयोग" हो।

कमलः पाँग माँग

वर्षाः "पाँग वो यी क माँग" को अर्थ "मलाई सहयोग गर्नु" हो।

कमलः पाँग वो यी क माँग

वर्षाः " नङ पाँग वो यी क माँग" को अर्थ "मलाई सहयोग गर्नसक्नु" हो।

कमलः नी नङ पाँग वो यी क माँग

वर्षाः के तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ? नी नङ पाँग वो यी क माँग मा ?

कमलः नी नङ पाँग वो यी क माँग मा ?

वर्षाः "अवश्य" भन्ने उत्तर दिनुपर्दा चिनियाँ भाषामा " ताँग रान् ख यी" भन्नुपर्छ।

वर्षाः ताँग रान् ख यी

वर्षाः " ताँग रान्" को अर्थ "अवश्य" हो।

कमलः ताँग रान्

वर्षाः "ख यी" को अर्थ "हुन्छ" हो।

कमलः ख यी

वर्षाः "अवश्य", ताँग रान् ख यी

कमलः ताँग रान् ख यी

वर्षाः तपाईंले आफ्नो एउटा फोटो खिचिदिन कुनै मान्छेसँग सहयोग माग्नुपर्दा चिनियाँ भाषामा तपाईंले यसरी भन्नुपर्छः नङ पाँग वो ट्राउ ट्राङ श्याँग मा?

कमलः नङ पाँग वो ट्राउ ट्राङ श्याँग मा?

वर्षाः "ट्राउ श्याँग" को अर्थ "फोटो खिंच्नु" हो।

कमलः ट्राउ श्याँग। मलाई याद छ, "के तपाईं मलाई सहयोग गर्न सक्नुहुन्छ?" चिनियाँ भाषामा "नी नङ पाँग वो यी क माँग मा ?" भन्नुपर्छ।

वर्षाः ठीक छ। हामी फेरि एक पटक स्तरीय चिनियाँ भाषामा भनिने भनाइ दोहर्‍याऔं- नी नङ पाँग वो यी क माँग मा ?

कमलः अब हामी सँगसँगै बसेर अघिल्लो पाठमा सिकेको सम्पूर्ण वार्तालाप दोहर्‍याएर सुनौं।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn