नेपाली

पाठ अठार

criPublished: 2014-01-28 10:47:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "फा फ्याओ", "रसीद"

कमलः फा फ्याओ। अन्तमा मैले सामान फिर्ता लिन उनीहरुसँग ढिपी गरेको छु।

वर्षाः त्यसो भएमा तपाईंले यसरी भन्न सक्नुहुन्छ- निंग कै थ्वै ल पा

कमलः निंग कै थ्वै ल पा। "कृपया, तपाईं सामान फिर्ता लिनुहोस्"

वर्षाः अब आजका पूरा वार्तालापः-

पूरा वार्तालाप

वार्तालाप एक

महिलाः छिंग वन यौ शी फा श्वै माई मा?

पुरुषः च्यौ ई छेन मेन त च्या च् शाँग।

वार्तालाप दुइ

महिलाः ट्र क ख नङ व्हाई ल, वो श्याँग थ्वै व्हो।

पुरुषः निंग त फा फ्याओ ताई लाई ल मा?

महिलाः ताई ल।

वार्तालाप तीन

पुरुषः कै निं‍ग व्हान यी क, शिंग मा?

महिलाः पु याओ ल, निंग कै थ्वै ल पा।

कमलः भरखरै हामीले आजका सबै वार्तालाप सुनायौं। तपाईंहरु सबैले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी आजको "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

विदेशी साथीहरु चीनमा यात्रा गर्न आउँदा सवारी साधनको प्रयोग गरुन, होटेलमा बसून वा सामान किनून, जे गरे पनि अवश्य नै विधिवत रसीद माग्नुपर्छ जसबाट आफ्नो उचित हक-हितको संरक्षण गर्नसकियोस। किनभने रसीद मालसामानको निःशुल्क मर्मत गर्ने, फेरिने वा गुण-स्तरका कारणले उत्पन्न वादविवादको निराकरण गर्ने महत्वपूर्ण प्रमाण हो। ट्याक्सी चढेर ओर्लनुभन्दा पहिले चालकसँग रसीद लिन नबिर्सनुहोस। केहीगरी तपाईंको सामान लिन बिर्सेर गाडीमा छोडेको भए तपाईंले रसीदमा उल्लेखित सूचनाअनुसार उक्त ट्याक्सी रहेको कम्पनीलाई टेलिफोन गर्नसक्नुहुन्छ र तपाईंको सामान खोजेर ल्याउन सक्नुहुन्छ।

सामान किन्दा पनि यस्तै गर्नुपर्छ। केहीगरी तपाईंले किन्नुभएको सामानको गुण-स्तरमा कुनै समस्या देखिएमा त्यो रसीद सामान फिर्ता गर्ने, फेर्ने वा मर्मत गर्ने एक मात्र प्रमाण हो। त्यसो भए रसीद कसरी पाउनुहुन्छ त? तपाईंले सामान किनिसकेपछि पसलका कर्मचारीलाई यसरी भन्नुहोस्- कृपया मलाई रसीद दिनुहोस्। हुन्छ? धन्यवाद"। ट्याक्सीमा पनि आफ्नो गन्तव्यमा पुगेपछि तपाईं चाकललाई यसरी भन्न सक्नुहुन्छः-"मलाई रसीद चाहिन्छ"।

वर्षाः हवस, आजको पाठ यत्ति नै। आजको पाठ टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो प्रश्न राख्नचाहन्छु। "कृपया तपाईं फिर्ता लिनुहोस् न।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला। चाइ च्यान।

首页上一页...2345 5

Share this story on

Messenger Pinterest LinkedIn