पाठ बीस
कमलः फाई च्
वर्षाः "चीनमा निर्मित" को अर्थ चिनियाँ भाषामा "ट्रों को मिंग फाई" हो।
कमलः ट्रों को मिंग फाई
वर्षाः "ट्रों को", "चीन"
कमलः ट्रों को
वर्षाः "मिंग फाई", "नामी ट्रेड मार्का"
कमलः मिंग फाई
वर्षाः ट्र अर यौ तेन् अर माओ पिंग।
कमलः ट्र अर यौ तेन् अर माओ पिंग।
वर्षाः "माओ पिंग", "त्रुटी "
कमलः माओ पिंग
वर्षाः अन्तिम वाक्यः "बढीमा एक सय युआन" लाई चिनियाँ भाषामा "च्वै तो यी पाई युआन" भन्नुपर्छ।
कमलः च्वै तो यी पाई युआन।
वर्षाः "च्वै तो", "बढीमा"
कमलः च्वै तो
वर्षाः अब आजको वार्तालापको पूर्ण बेहोरा सुनौं।
वार्तालाप एक
कः ट्र श् शन् मो फाई च् त?
खः ट्र श् ट्रोंग को मिंग फाई।
वार्तालाप दुइ
कः ट्र अर यौ तेन् अर माओ पिंग।
खः वो मा शाँग ख यी श्यौ हाउ।
वार्तालाप तीन
कः नी याओ तो शाउ छेन?
खः थाई क्वै ल।
कः नी श्वो तो शाउ छेन?
खः च्वै तो यी पाई युआन।
कमलः भरखरै हामीले यस पाठका सबै वार्तालाप सुनायौं। तपाईंहरु सबैले बुझ्नसक्नुहुने आशा हामीले गरेका छौं। अब हामी आजको "चिनियाँ संस्कृतिका एक झलक" तिर लागौ।
चीनका केही निजी पूंजीबाट संचालित पसलहरुमा सामान किन्दा मोलतोल गर्नपाइन्छ। धेरै मानिसले यो एक किसिमको रमाइलो कुरा पनि ठानेका छन। तर मोलतोलको पनि ज्ञान हुनुपर्छ। हामीले सारांश झिक्दै निम्न कुराहरु तयार पारेका छौं र जुन यस प्रकार छ-
एक, तपाईंको वास्तविक इच्छा नदेखाउनुहोस्। सामान किन्दा तपाईंले खालि त्यसै घुम्दै आएको र सामान किन्ने नकिन्ने कुनै मतलब नभएको जस्तो देखाउनुपर्छ। यसरी नै दुइ/तीनवटा पसलका सामानको मूल्य दाँजी हेरेपछि तपाईं सस्तो मूल्यमा चित्त बुझ्दो सामान किन्नपाउनुहुने छ।
दुइ, तपाईं सकेसम्म सामानमा त्रुटी रहेको देखाउनुहोस्। कुनै पनि सामान सत प्रतिशत राम्रो भएको भन्नसकिंदैन। त्यसैले बिक्रेताले तपाईंलाई आफ्नो सामान बारे जानकारी गराउँदाखेरी राम्रा राम्रा कुराहरु मात्र भन्छ, तर तपाईंले उल्टै इंटाको सट्टा ढुंगाले जस्तो गरी सामानमा रहेका त्रुटी र अभाव देखाउनुपर्छ।