पाठ बीस
खः स् युआन छेन यी कोंग चिंग।
कः वो मै यौ लिंग छेन। कै नी यी ट्राँग यी पाई युआन त।
खः ट्राउ निंग पा श् युआन।
कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयहरुतिर लागौं।
आजका मुख्य विषयः
ट्र श् शन् मो फाई च् त?
ट्रोंग को मिंग फाई।
ट्र अर यौ तेन माउ पिंग।
च्वै तो यी पाई युआन।
कमलः मलाई एउटा मोटर-साइकल किन्न मन लागेको छ। सेकण्ड हेन्ड अर्थात चलाइसकेको र अलि सस्तोमा पाइनेखालको ।
वर्षाः ए, मैले बुझें। त्यसो भए तपाईं सेकण्ड हेन्ड अर्थात पूराना सामानको बजार जानुभन्दा अघि म तपाईंलाई केही प्रचलित कुरा सिकाउँछु।
कमलः तपाईंलाई धन्यवाद, वर्षाजी, तपाईं साँच्चै नै एकजना असल मान्छे हुनुहुँदो रहेछ।
वर्षाः केही छैन। मलाई के लागेको छ भने सेकण्ड हेन्ड अर्थात पूराना सामानको बजारमा भए पनि तपाईंले सामान कुन ट्रेड मार्काको भनेर बुझ्नु अति आवश्यक हुन्छ।
कमलः हस। चिनियाँ भाषामा यसलाई कसरी भन्नुपर्छ त?
वर्षाः "ट्र" , "यो"
कमलः ट्र
वर्षाः "श्", "हो"
कमलः "शन् मो", "के वा कुन"
वर्षाः "त" चाहिं सहायक शब्द हो।
कमलः त
वर्षाः ट्र श् शन् मो फाई च् त?
वर्षाः "यो कुन ट्रेड मार्काको हो?" "ट्र श् शन् मो फाई च् त?"
वर्षाः "ट्र श्", "यो हो"
वर्षाः "शन् मो फाई च्", "कुन ट्रेड मार्का"
कमलः शन् मो फाई च्
वर्षाः अहिले धेरै सामानहरुमा "चीनमा निर्मित" भन्ने अक्षरहरु छापिएको पाइन्छ।
कमलः हो नी। विदेशमा भए पनि "चीनमा निर्मित" लेखिएका सामानहरु पनि जहाँतहीं देख्नसकिन्छ। चीनका धेरै नामी ट्रेड मार्काहरु जस्तै भनौं "हाई अर" आदिले विदेशमा आफ्नो नाम कमाइसकेका छन्।
वर्षाः "चीनमा निर्मित" सामानलाई चिनियाँ भाषामा "ट्रोंग को मिंग फाई" भन्नुपर्छ।
कमलः ट्रोंग को मिंग फाई
वर्षाः "ट्रोंग को", "चीन"
कमलः ट्रोंग को
वर्षाः ट्रोंग को मिंग फाई