नेपाली

पाठ तेंतीस

criPublished: 2014-01-28 14:10:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पुरुषः वो शी वाँग र (हरन्द छ) ठ्रंग पु याओ थाई चिन।

महिलाः ताँग रान्, ल्यू यौ श् वै ल फाँग सोंग ह श्यौ शी।

महिलाः वो श्याँग त्वो छ्यु शे ती फाँग।

पुरुषः मै वन थी। वो पाँग नी आन फाई।

महिलाः ना अर माई ची नेन फिन?

पुरुषः यी ट् वाँग छेन चौ च्यौ नंङ खान ताउ ल।

कमलः गत पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं-

आजका मुख्य विषयहरुः

छिंग वन, यौ च्यु चाई ना?

वो याओ ची पाउ को।

त्वो ठ्राँग श् चेन नङ ताउ?

वो याओ छ्यु पाउ को।

वो याओ माई ची ट्राँग मिंग शिन फेन ची कै फङ यौ।

कमलः आज आएर वर्षा र म लगायतका धेरै मानिसहरुले इ-मेलको प्रयोग गरिरहेका छौं। तर कहिलेकाहीं अझै पनि हुलाक जान आवश्यक पर्छ। चिठी पठाउन नभई अरु कामकाजका लागि।

वर्षाः तपाईंले ठीक भन्नुभयो। त्यसै कारण आज हामी यसै विषयमा केही कुरा सिकाउनलागेका पनि छौं। तपाईंलाई किन हुलाक जानुपरेको छ नि?

कमलः कहिलेकाही म पैसा पठाउँछु वा पार्सल पठाउँछु। यदि म बाटो अलमलिएर हुलाक घर पत्ता लगाउन सकिन भने पैदल हिडिंरहेका अरु मानिसहरुसँग कसरी सोध्ने?

वर्षाः सर्वप्रथम म तपाईंलाई "हुलाक घर"लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ भन्ने कुरा सिकाउँछु। "यौ च्यु"।

कमलः यौ च्यु।

वर्षाः "यौ", "हुलाक"।

कमलः यौ।

वर्षाः "च्यू", "ब्यूरो वा सरकारी विभाग"।

कमलः च्यू।

वर्षाः यौ च्यू।

कमलः यौ च्यु। यदि मैले हुलाक जान चाहेको छु भने "यौ च्यू चाई ना?" भने पुग्छ?

वर्षाः हो। यौ च्यू चाई ना?

कमलः "चाई ना", "कहाँ पर्छ"।

वर्षाः "हुलाक"को अर्थ "यौ च्यू" हो। "हुलाक कहाँ छ?" को अर्थ "यौ च्यू चाई ना?" हो।

कमलः ठीक छ। यौ च्यू चाई ना?

वर्षाः शिष्टाचार देखाउनका लागि तपाईंले सर्वप्रथम "छिंग वन" अर्थात "कृपया म सोधुँ" भन्न सक्नुहुन्छ।

कमलः छिंग वन।

वर्षाः छिंग वन, यौ च्यु चाई ना?

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn