पाठ त्रिचालीस
कमलः ए, मैले बुझें।
कमलः वो याओ श्वा शिन योंग खा।
वर्षाः राम्रो। तपाईंले यसरी भन्न सक्नुहुन्छ- वो श्वा शिन योंग खा।
कमलः वो श्वा शिन योंग खा।
वर्षाः "शिन योंग खा", "क्रेडिट कार्ड"।
कमलः शिन योंग खा।
वर्षाः "श्वा" , पहिलो टोन। त्यसको वास्तविक अर्थ बुरुस लाउनु, माझ्नु र धुनु हो। जस्तै "श्वा या", दाँत माझ्नु।
कमलः श्वा।
वर्षाः यस वाक्यमा माझ्नुको पछाडि क्रेडिट कार्ड राखिएको छ। त्यसैले त्यसको अर्थ क्रेडिट कार्डको प्रयोग गर्नु हुनगयो। चिनियाँ भाषामा "श्वा वा श्वा शिन योंग खा" हो।
कमलः श्वा शिन योंग खा।
वर्षाः कमलजी, तपाईं नेपाली हुनुहुन्छ र क्रेडिट कार्डको प्रयोग गर्नुभएको धेरै समय भयो। कार्डको प्रयोग गरिसकेपछि तपाईंले सही गर्नुपर्छ। तपाईंलाई सेवा प्रदाताले "छिंग निंग चाई ट्र अर छेन च् " भनेर भन्छन।
वर्षाः "छिंग", "कृपया"।
कमलः छिंग।
वर्षाः "निंग", दोश्रो टोन। "नी- तिमी" को मानबोधक शब्द हो। यसको अर्थ "तपाई" हो।
कमलः निंग।
वर्षाः "चाई ट्र ली", "यहाँ"।
कमलः चाई ट्र ली।
वर्षाः "छेन च्", " आफ्नो नाउँ लेखेर सही गर्नु"।
वर्षाः "छिंग निंग चाई ट्र अर छेन च्"।, "कृपया, यहाँ तपाईंको नाउँ लेखेर सही गर्नुहोस।
वर्षाः अब हामी आज सिकेका विषयहरु एक पटक छिटछिटो दोहर्याऔं- "श्वा खा", "क्रेडिट कार्डको प्रयोग गर्नु"।
कमलः श्वा खा।
वर्षाः ख यी श्वा खा मा?
कमलः "ख यी श्वा खा मा?", "म क्रेडिट कार्डको प्रयोग गरुँ?"
वर्षाः "च्याओ शेन चिन हाई श् श्वा खा?" , "तपाईं भुक्तानीका लागि नगद पैसा दिनुहुन्छ कि कार्डको प्रयोग गर्नुहुन्छ?"
कमलः च्याओ शेन चिन हाई श् श्वा खा?
वर्षाः वो श्वा शिन योंग खा।
कमलः "वो श्वा शिन योंग खा"।, "म मेरो क्रेडिट कार्डको प्रयोग गर्छु"।
वर्षाः "कृपया, यहाँ तपाईंको नाउँ लेखेर सही गर्नुहोस।, "छिंग निंग चाई ट्र अर छेन च्"।