नेपाली

पाठ दुइ

criPublished: 2014-01-28 10:34:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः अथवा 'शे शे नि'।

कमलः 'शे शे नि'।

वर्षाः अनि चिनियाँ भाषामा धेरै धेरै धन्यवाद भन्नुपर्दा 'फै ठ्राङ कान शे'भन्नुपर्छ।

कमलः 'फै ठ्राङ कान शे'।

वर्षाः 'फै ठ्राङ कान शे'भनेपछि त्यसको जवाफमा 'पु युङ शे'भन्नुपर्छ।

कमलः 'पु युङ शे'।

वर्षाः अथवा 'मै शर'भने पनि हुन्छ।

कमलः 'मै शर'।

वर्षाः अनि माफ गर्नुहोला भनेर चिनियाँ भाषामा भन्नुपर्दा के भन्ने नि?

कमलः 'त्वै पु छि'भन्ने।

वर्षाः एक दमै ठीक भन्नुभयो। अब आउनुहोस, दुइवटा वार्तालाप सुनौं।

वार्तालाप एकः

कः 'फै ठ्राङ कान शे'- धेरै-धेरै धन्यवाद।

खः पर्दैन।

वार्तालाप दुइः

कः माफ गर्नुहोला। 'त्वै पु छि'।

खः केही छैन। 'मै क्वान शी'।

गः माफ गर्नुहोला। 'त्वै पु छि'।

घः 'मै शर'- माफी माग्नुपर्दैन।

वर्षाः अब हामी आजको कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं। कार्यक्रम सकिनुअघि हामी चिनियाँ संस्कृतिबारेको अर्को जानकारी हासिल गरौं।

चिनियाँ संस्कृतिबारेको संक्षिप्त जानकारी

कः चिनियाँ जनता आफ्नो आतिथ्यका लागि विश्वमा प्रख्यात छन। चिनियाँहरु आफ्ना पाहुनाको सत्कारका लागि सबैभन्दा राम्रो खानेकुरा अतिथिलाई दिन्छन। आतिथेयीले आफ्ना अतिथिका लागि महङ्गो खानेकुरा तयार पार्दछन। सामान्यतया चिनियाँहरु आफ्ना अतिथिहरु आउने दिनभन्दा अघिदेखि नै खानेकुरा तयार पार्न शुरु गर्छन। खाने टेबलमा धेरै खानेकुराहरु राखिएको भए पनि आतिथेयीले हामीले धेरै कुरा बनाएका छैनौं। त्यसैले, कृपया हामीलाई माफ गर्नुहोला भन्नेगर्दछन। यसो भनेर आतिथेयीले आफ्ना पाहुनाहरुप्रति सत्कार जनाएको हुन्छ।

वर्षाः यसका साथै आजको हाम्रो कार्यक्रम यहीं पूरा हुन्छ। अनि, हामीले तपाईंलाई सानो प्रश्न सोधेका छौं, यो कुरा नबिर्सनुहोला। त्यो प्रश्न छः चिनियाँ भाषामा 'माफ गर्नुहोला' भनेर कसरी भन्ने?

कमलः यस प्रश्नको उत्तरका लागि तपाईंहरु हामीले आज सिकाएका केही कुरामध्ये एकलाई औंल्याए मात्र पुग्छ, अर्थात सम्झे, बुझे पुग्छ। यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International,P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।आजलाई चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn