नेपाली

पाठ दुइ

criPublished: 2014-01-28 10:34:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

४. त्वै पु छि – माफ गर्नुहोस।

५. मै क्वान्शी – केही छैन।

६. मै शर – केही छैन।

वर्षाः कसैले तपाईका लागि केही काम गरिदिएमा जब तपाईं धन्यवाद दिनचाहनुहुन्छ, त्यति बेला तपाईं 'शे शे' भन्नुहुन्छ। 'शे शे'।

कमलः 'शे शे'। मैले यस वाक्यांश 'शे शे'लाई गत पाठमा सुनेको थिएँ।

वर्षाः तपाईंले ठीक भन्नुभयो। यो वाक्यांशको प्रयोग चिनियाँ दैनिक जीवनमा धेरै हुन्छ। 'शे शे'भनेको धन्यवाद हो। 'शे शे'को साटो तपाईं 'शे शे निन' पनि भन्नसक्नुहुन्छ।

कमलः 'शे शे निन'।

वर्षाः नि भनेको तिमी अथवा तपाईं हो।

कमलः नि।

वर्षाः यदि तपाईं कसैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नचाहनुहुन्छ भने तपाईंले 'फै ठ्राङ कान शे'भन्नुपर्छ।

कमलः 'फै ठ्राङ कान शे'- यो भनेको धेरै-धेरै धन्यवाद हो।

वर्षाः 'फै ठ्राङ'एउटा क्रिया विशेषण हो जसको अर्थ धेरै हुन्छ। 'कान शे'को माने धन्यवाद हो। 'फै ठ्राङ कान शे'।

वर्षाः यदि कसैले धन्यवाद भनेमा तपाईं के भन्नुहुन्छ? त्यति बेला नेपाली भाषामा 'केही छैन'भनिन्छ। त्यसलाई चिनियाँ भाषामा 'पु युङ शे'भन्नुपर्छ।

वर्षाः शाब्दिक अर्थमा भन्दा 'पु युङ शे'को अर्थ धन्यवाद दिनुपर्दैन भन्ने हुन्छ। 'पु युङ' भनेको आवश्यक छैन र 'शे'को अर्थ धन्यवाद भैहाल्यो। धन्यवाद दिइरहनु पर्दैन। 'पु युङ शे ।'

वर्षाः अब हामी अहिले भर्खरै सिकेका कुरा दोहर्‍याएर हेरौं। चिनियाँ भाषामा धन्यवाद भन्नुपर्दा 'शे शे' अथवा 'शे शे नि'भन्नुपर्छ।

कमलः 'शे शे'। चिनियाँ भाषामा धन्यवाद भन्ने अर्को तरिका पनि छ नि?

वर्षाः छ। त्यो हो 'शे शे नि'। नि भनेको तिमी अथवा तपाईं हो।

कमलः 'शे शे नि'। अनि धेरै-धेरै धन्यवाद भन्नुपर्दा कसरी भन्ने नि?

वर्षाः त्यसो भन्नुपर्दा 'फै ठ्राङ कान शे'भन्नुपर्छ।

कमलः अनि धन्यवाद दिइरहनु पर्दैन भन्नुपर्दा के भन्ने नि?

वर्षाः 'पु युङ शे' भन्ने।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn