पाठ दुइ
वर्षाः अब हामी दैनिक जीवनमा हुने वार्तालाप सुनौं। लि लिको कम्प्युटर बिग्रेको छ। उहाँका समकक्षीले त्यो कम्प्युटर बनाउन तीन घण्टा लगाउनु भयो।
कः 'फै ठ्ाङ काल शे'- धेरै-धेरै धन्यवाद।
वर्षाः मलाई लाग्छ, चिनियाँ भाषामा 'माफ गर्नुहोला' भन्दा उपयोगमा आउने एउटा निकै उपयोगी शब्द पनि हामीले सिक्नैपर्छ।
कमलः अवश्य। सिक्नैपर्छ। नत्र भने गलती गरेको बेला माफ गर्नुहोला कसरी भन्ने, हैन त?
वर्षाः हो। चिनियाँ भाषामा माफ गर्नुहोला भन्नुपर्दा 'त्वै पु छि' भन्नुपर्छ।
वर्षाः कुनै मानिसले 'त्वै पु छि'भनेमा तपाईं कसरी जवाफ दिनुहुन्छ?
कमलः 'मै क्वान शी' भन्ने।
वर्षाः एकदमै गजब। तपाईंले एकदम ठीक जवाफ दिनुभयो। मै भनेको होइन र क्वान शी भनेको सम्बन्ध हो। केही छैन -'मै क्वान शी'।
कमलः 'मै क्वान शी'।
वर्षाः यसका अतिरिक्त तपाईं 'मै शर'पनि भन्नसक्नुहुन्छ। केही छैन भनेको।
वर्षाः मै भनेको होइन। र शर भनेको केही।
कमलः 'मै शर'- केही छैन।
वर्षाः ल ठीक छ। अब हामी अहिले भर्खरै हामीले सिकेका कुराको सिंहावलोकन गरौं। 'त्वै पु छि'।
कमलः 'त्वै पु छि'।
वर्षाः 'मै क्वान शी'। केही छैन।
कमलः मै क्वान शी।
वर्षाः केही छैन भन्ने यस्तै अर्को तरिका, 'मै शर'हो।
वर्षाः गजब। एकदमै राम्रो। अब आउनुहोस, हाम्रो वास्तविक जीवनमा हुनसक्ने यस वार्तालाप सुनौं।
वर्षाः तपाईं बुझ्नुहुन्छ? सम्झन सक्नुहुन्छ?
कमलः म धेरैजसो बुझ्छु। धन्यवाद।
वर्षाः अब हामी यस अघि हामीले सुनेका दुइवटा वार्तालाप फेरि एक पटक पूरै सुन्नुभन्दा पहिले,आजको पाठमा हामीले सिकेका कुराहरु फेरि दोहर्याएर सिक्न म प्रस्ताव गर्छु, कसो?
कमलः एकदम ठीक। तपाईं सर्वप्रथम भन्नुहोस। त्यसपछि म भन्छु।
वर्षाः चिनियाँ भाषामा धन्यवाद भन्नुपर्दा 'शे शे'भन्नुपर्छ।
कमलः 'शे शे'।