नेपाली

पाठ दुइ

criPublished: 2014-01-28 10:34:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आभार व्यक्त गर्ने तरिका

वर्षाः ता च्या हाव। "दैनिक जीवनको चिनियाँ भाषा"मा सबैलाई नमस्कार। म यस कार्यक्रम सञ्चालिक वर्षा।

कमलः नमस्कार, सबैलाई। म कमल लम्साल।

वर्षाः गत पाठमा हामीले अभिवादन गर्दा प्रयोग गरिने केही वाक्यांशहरु सिक्यौं। आज हामी ती वाक्यांशहरुलाई दोहर्‍याएर सिकौं, कसो?

कमलः राम्रो विचार। सर्वप्रथम आउनुहोस, सुनौं गत पाठमा गरिएका वार्तालापहरु।

वर्षाः ठीक छ।

कः नि हाउ

खः नि हाउ

कः निन हाउ

खः निन हाउ

खः व च्याव वाङ लुङ

कः नि च्याव शम मिङ च?

खः ल्यू लू

वार्तालाप तीन

कः ट्र श व त मिङ फेन।

खः शे शे।

कः हाउ च्यू पु चेन। नि हाउ मा? भेट नभएको धेरै भयो। तपाईंलाई आराम छ?

खः व हाउ द। शे शे। मलाई ठीक छ। धन्यवाद।

वर्षाः गएको पाठमा हामीले सुनेका वार्तालापहरु यिनै थिए। यी वार्तालापमा भएका मुख्य कुराहरु थिएः चिनियाँ भाषामा अभिवादन गर्दा 'नि हाव'भन्नुपर्छ।

कमलः नि हाव'।

वर्षाः तपाईंको नाम के हो? भनेर चिनियाँ भाषामा भन्नुपर्दा 'नि च्याव शम मिङ च?'भन्नुपर्छ।

कमलः नि च्याव शम मिङ च?

वर्षाः कमलजी, 'हाम्रो भेट नभएको धेरै भयो'भनेर चिनियाँ भाषामा भन्नुपर्दा के भन्ने? तपाईंले सम्झिराख्नुभएको छ कि?

कमलः सम्झिराखेको छुः हाउ च्यू पु चेन भन्ने।

वर्षाः एकदमै ठीक। यो उत्तर गत पाठको अन्त्यमा हामीले तपाईंहरुका लागि छोडेको प्रश्न पनि थियो। तपाईंहरुले पनि यस प्रश्नको सही उत्तर दिनुभयो कि? 'हाम्रो भेट नभएको धेरै भयो'- हाउ च्यू पु चेन।

कमलः हाउ च्यू पु चेन। आज हामी श्रोताहरुलाई के सिकाउने? हामी, सर्वप्रथम आजको पाठ-योजनालाई नियालौं।

आजको पाठ-योजना

१. धन्यवाद – शे शे। तपाईंलाई धन्यवाद –शे शे निन।

२. फै ठ्राँग कान शे – तपाईंलाई धेरै धन्यवाद।

३. पु युङ शे – धन्यवाद भन्नुपर्दैन।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn