नेपाली

पाठ चार

criPublished: 2014-01-28 10:36:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्षाः "चाइ"भनेको फेरि हो।

कमलः चाइ।

वर्षाः र "चेन" भनेको भेट्नु वा देख्नु हो।

कमलः चेन

वर्षाः अनि "चाइ र चेन"लाई सँगै राख्दा फेरि भेटौंला भन्ने अर्थ लाग्छ।

कमलः चाइ चेन।

वर्षाः अब एक पटक फेरि यो वार्तालाप सुनौं।

कमलः वर्षाजी, मेरा एकजना नजिकका साथी नेपाल फर्कँदै छन। उहाँ गए पछि म यहाँ एक्लै हुन्छु। ...............

वर्षाः मलाई विश्वास छ, तपाईं उहाँसङ्ग छिट्टै फेरि भेट्नपाउनुहुने छ। मलाई यो पनि विश्वास छ, उहाँले पैचिङमा आफ्नो समय राम्रोसङ्ग बिताउनुभयो होला।

कमलः होला, तपाईंको विश्वास सही होला। जे होस, अब यस प्रशङ्गमा एउटा वाक्यांश सिकौं, चिनियाँ भाषामा 'आफ्नो ख्याल गर्नुहोस' कसरी भन्ने?

वर्षाः 'तुओ'पाउ ट्रोंग'' भन्ने।

कमलः '"तुओ पाउ ट्रोंग''।

वर्षाः "तुओ" भनेको धेरै हो।

कमलः तुओ।

वर्षाः 'पाउ ट्रोंग' भनेको विचार गर्नुहोस, ख्याल गर्नुहोस भनेको।

कमलः 'पाउ ट्रोंग'।

वर्षाः आफ्नो धेरै ख्याल गर्नुहोस है- 'तुओ'पाउ ट्रोंग''।

वर्षाः अथवा तपाईं खाली' पाउ ट्रोंग' मात्र पनि भन्नसक्नुहुन्छ।

कमलः 'पाउ ट्रोंग'। यति मात्र भन्न अलिक सजिलो छ।

वर्षाः अब आउनुहोस, वास्तविक अवस्थामा भएको यो वार्तालाप सुनौं।

कः 'तुओ'पाउ ट्रोंग''- धेरै ख्याल गर्नुहोस।

कमलः म सम्पर्क गर्दैरहनुहोस है भनेर चिनियाँ भाषामा कसरी भन्ने भन्ने कुरा पनि जान्नचाहन्छु। तपाईं भन्नसक्नु हुन्छ कि?

वर्षाः सम्पर्क गर्दैरहनुहोस है भनेर भन्नुपर्दा 'पाव ठ् लेन शी' भन्नुपर्छ।

वर्षाः 'पाव ठ्'भनेको जारी राख्नु हो।

कमलः 'पाव ठ्'।

वर्षाः 'लेन शी' भनेको सम्पर्क हो।

कमलः 'लेन शी'।

वर्षाः सम्पर्क गर्दैरहनुहोस है -'पाव ठ् लेन शी'।

कमलः 'पाव ठ् लेन शी'।

वर्षाः यो तेश्रो वार्तालाप थियो।

कमलः हुन्छ। आउनुहोस, शुरु गरौं 'ढिलो भैसक्यो' भन्ने वाक्यबाट।

首页上一页12345全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn