पाठ चार
खः हुन्छ। सम्पर्क गर्दैगर्नुहोस र आफ्नो ख्याल गर्नुहोस।
वर्षाः यो थियो, आजको वार्तालापको पूरा भाग। अब कार्यक्रमको अन्त्यमा हामी सधैं झैं चिनियाँ संस्कृतिको एक झलक सुनौं।
कमलः चिनियाँ संस्कृतिमा जब हाम्रा अतिथिहरु फर्कन्छन, त्यति बेला हामी उनिहरुलाई ढोका बाहिरसम्म वा घर बाहिरसम्म सँगै गएर विदाइ गर्दछौं।
वर्षाः यसका साथै आजको हाम्रो कार्यक्रम सकियो।
कमलः सधैं झैं आज पनि हामीसँग श्रोताहरुका लागि एउटा प्रश्न छ। चिनियाँ भाषामा विदाइको नमस्कार कसरी भन्ने?
वर्षाः यो प्रश्न एकदमै सजिलो छ। यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ।
कमलः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।
वर्षाः म वर्षा। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौंला। आजलाई चाइ च्यान।
कमलः च्याइ चेन।