नेपाली

पाठ चार

criPublished: 2014-01-28 10:36:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदाइका बेला नमस्कार भन्ने तरिका

वर्षाः नमस्कार, श्रोता-मित्रहरु। ता च्या हाउ। स्वागत, तपाईंहरु सबैलाई, कार्यक्रम"दैनिक जीवनको चिनियाँ भाषामा"! म तपाईंहरुकी यस कार्यक्रम सञ्चालिका वर्षा।

कमलः ता च्या हाउ। सबैलाई नमस्कार। म कमल लम्साल।

वर्षाः गत पाठमा हामीले कसैको पनि जन्म दिन मनाउने क्रममा अभिव्यक्त गरिने वाक्यांशहरु सिक्यौं।

कमलः हो।

वर्षाः तपाईंले अझै सम्झिरहनुभएको छ कि, चिनियाँ भाषामा 'जन्म दिनको शुभकामना!'कसरी भनिन्छ भन्ने कुरा?

कमलः सम्झिरहेको छु, चिनियाँ भाषामा 'जन्म दिनको शुभकामना!'भन्नुपर्दा ट्रु नि शङ र ख्वाइ ल भन्नुपर्छ।

वर्षाः एकदमै ठीक। अलिकति व्याख्या गरौं- "ट्रु नि" भनेको तपाईंलाई शुभकामना भनेको हो।

कमलः ट्रु नि।

वर्षाः अनि शङ र भनेको जन्म दिन हो।

कमलः शङ र।

वर्षाः ख्वाइ ल भनेको सुखदायी, आनन्ददायी, रमाइलो होस भनेको हो।

कमलः 'ख्वाइ ल'- आनन्ददायी, रमाइलो।

वर्षाः चिनियाँ भाषामा जन्म दिनको शुभकामना भन्नुपर्दा'शङ र ख्वाइ ल'मात्र भने पनि हुन्छ। त्यसको उत्तरमा के भन्ने भन्ने कुरा हामीले गत पाठमा सिकिसकेका छौं।

कमलः कान पै।

वर्षाः ठीक छ। अनि, यदि तपाईंलाई कसैको टेलिफोन सोध्न मन लाग्यो भने, तपाई भन्न सक्नुहुन्छ...

कमलः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ?'

वर्षाः एकदम ठीक। आजको पाठ शुरु गर्नुअघि अब हामी एक पटक फेरि पूरा वार्तालाप सुनौं-

वार्तालाप एकः

कः 'ट्र श व त मै मै'- यिनी मेरी बहिनी। आज यीनको जन्म दिन हो। चीन थेन श था त शङ र।

खः 'ट्रु नि शङ र ख्वाइ ल!'- तपाईंलाई जन्म दिनको शुभकामना!

गः शे शे – धन्यवाद।

वार्तालाप दुइः

कः 'कान पै!'- चियर्स।

खः 'कान पै!'

कः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

खः 'याओ आर सान स उ ल्यू छि पा'- एक दुइ तीन चार पाँच छ सात आठ।

वर्षाः यो त भयो, गत पाठमा सिकेको कुरा। अब लागौं आजको पाठतिर।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn