नेपाली

पाठ चार

criPublished: 2014-01-28 10:36:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विदाइका बेला नमस्कार भन्ने तरिका

वर्षाः नमस्कार, श्रोता-मित्रहरु। ता च्या हाउ। स्वागत, तपाईंहरु सबैलाई, कार्यक्रम"दैनिक जीवनको चिनियाँ भाषामा"! म तपाईंहरुकी यस कार्यक्रम सञ्चालिका वर्षा।

कमलः ता च्या हाउ। सबैलाई नमस्कार। म कमल लम्साल।

वर्षाः गत पाठमा हामीले कसैको पनि जन्म दिन मनाउने क्रममा अभिव्यक्त गरिने वाक्यांशहरु सिक्यौं।

कमलः हो।

वर्षाः तपाईंले अझै सम्झिरहनुभएको छ कि, चिनियाँ भाषामा 'जन्म दिनको शुभकामना!'कसरी भनिन्छ भन्ने कुरा?

कमलः सम्झिरहेको छु, चिनियाँ भाषामा 'जन्म दिनको शुभकामना!'भन्नुपर्दा ट्रु नि शङ र ख्वाइ ल भन्नुपर्छ।

वर्षाः एकदमै ठीक। अलिकति व्याख्या गरौं- "ट्रु नि" भनेको तपाईंलाई शुभकामना भनेको हो।

कमलः ट्रु नि।

वर्षाः अनि शङ र भनेको जन्म दिन हो।

कमलः शङ र।

वर्षाः ख्वाइ ल भनेको सुखदायी, आनन्ददायी, रमाइलो होस भनेको हो।

कमलः 'ख्वाइ ल'- आनन्ददायी, रमाइलो।

वर्षाः चिनियाँ भाषामा जन्म दिनको शुभकामना भन्नुपर्दा'शङ र ख्वाइ ल'मात्र भने पनि हुन्छ। त्यसको उत्तरमा के भन्ने भन्ने कुरा हामीले गत पाठमा सिकिसकेका छौं।

कमलः कान पै।

वर्षाः ठीक छ। अनि, यदि तपाईंलाई कसैको टेलिफोन सोध्न मन लाग्यो भने, तपाई भन्न सक्नुहुन्छ...

कमलः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ?'

वर्षाः एकदम ठीक। आजको पाठ शुरु गर्नुअघि अब हामी एक पटक फेरि पूरा वार्तालाप सुनौं-

वार्तालाप एकः

कः 'ट्र श व त मै मै'- यिनी मेरी बहिनी। आज यीनको जन्म दिन हो। चीन थेन श था त शङ र।

खः 'ट्रु नि शङ र ख्वाइ ल!'- तपाईंलाई जन्म दिनको शुभकामना!

गः शे शे – धन्यवाद।

वार्तालाप दुइः

कः 'कान पै!'- चियर्स।

खः 'कान पै!'

कः 'नि त तेन ह्वा हाउ मा श तुओ शाउ'।

खः 'याओ आर सान स उ ल्यू छि पा'- एक दुइ तीन चार पाँच छ सात आठ।

वर्षाः यो त भयो, गत पाठमा सिकेको कुरा। अब लागौं आजको पाठतिर।

कमलः लागौं आजको पाठ-योजनातिर।

आजको पाठ-योजना

१. ढिलो भैसक्यो। श चेन पु चाव ल।

२. अब हामीले जानुपर्छ। वो मन काइ चौ ल।

३. नमस्कार। चाइ चेन।

४. आफ्नो ख्याल गर्नुहोस। तुओ पाव ट्रोंग।

५. सम्पर्कमा रहनुहोस है। पाव ठ् लेन शी।

कमलः ओ, कति धेरै। मानौं, तपाईं कुनै भोजमा सरिक हुनुभएको छ। तपाईंलाई फेरि कतै जानु छ। तपाईलाई ढिलो हुँदैछ। त्यति केला के भन्ने?

वर्षाः त्यति बेला तपाईं'श चेन पु चाव ल'भन्नुसक्नुहुन्छ।

कमलः 'श चेन पु चाव ल'।

वर्षाः 'श चेन'भनेको समय हो।

कमलः 'श चेन'।

वर्षाः 'पु'को अर्थ यहाँनेर छैन भन्ने हो।

कमलः'पु'।

वर्षाः 'चाव'भनेको छिटो हो।

कमलः 'चाव'।

वर्षाः 'ल'एउटा प्रत्यय हो। यसको कुनै खास माने छैन।

वर्षाः यसरी यी सबै शब्दहरुलाई एकै साथ राख्नुहोस, वाक्य बनिहाल्यो- 'श चेन पु चाव ल'।

कमलः 'श चेन पु चाव ल'। ढिलो भैसक्यो।

वर्षाः यसलाई तपाईं अर्को तरिकाले पनि भन्नसक्नु हुन्छ। 'वो मन काइ चौ ल'। यसको अर्थ हामीले अब जानुपर्छ भन्ने हो।

वर्षाः 'वो मन'भनेको हामी हो।

कमलः 'वो मन'।

वर्षाः 'काइ'भनेको पर्छ हो।

कमलः 'काइ'।

वर्षाः 'चौ'भनेको जानु हो।

कमल 'चौ'।

वर्षाः 'ल' भनेको प्रत्यय हो।

कमलः 'ल'।

वर्षाः अब यस वाक्यलाई मन्द गतिमा सुन्नुहोस। 'वो मन काइ चौ ल'

कमलः 'वो मन काइ चौ ल'। हामीले अब जानुपर्छ।

वर्षाः राम्रो। अब वास्तविक अवस्थाको यस वार्तालाप सुनौं-

अतिथिः शे शे, ट्राव ताइ - धन्याद, हामीलाई सम्झनुभएकोमा। चाइ चेन- नमस्कार।

आतिथेयीः चाइ चेन– नमस्कार

वर्षाः तपाईंले सुन्नुभएका शब्दहरु चाइ चेनको अर्थ फेरि भेटौंला हो।

वर्षाः यस वाक्यांशलाई राम्रोसङ्ग सिक्नुपर्ने आवश्यकता छैन किनभने..............

कमलः हो। म तपाईंसङ्ग अरु बढी सहमत हुनसक्दिन।...........

वर्षाः अब आउनुहोस, यसलाई अरु मन्द गतिमा अभ्यास गरौं। 'चाइ चेन

वर्षाः "चाइ"भनेको फेरि हो।

कमलः चाइ।

वर्षाः र "चेन" भनेको भेट्नु वा देख्नु हो।

कमलः चेन

वर्षाः अनि "चाइ र चेन"लाई सँगै राख्दा फेरि भेटौंला भन्ने अर्थ लाग्छ।

कमलः चाइ चेन।

वर्षाः अब एक पटक फेरि यो वार्तालाप सुनौं।

कमलः वर्षाजी, मेरा एकजना नजिकका साथी नेपाल फर्कँदै छन। उहाँ गए पछि म यहाँ एक्लै हुन्छु। ...............

वर्षाः मलाई विश्वास छ, तपाईं उहाँसङ्ग छिट्टै फेरि भेट्नपाउनुहुने छ। मलाई यो पनि विश्वास छ, उहाँले पैचिङमा आफ्नो समय राम्रोसङ्ग बिताउनुभयो होला।

कमलः होला, तपाईंको विश्वास सही होला। जे होस, अब यस प्रशङ्गमा एउटा वाक्यांश सिकौं, चिनियाँ भाषामा 'आफ्नो ख्याल गर्नुहोस' कसरी भन्ने?

वर्षाः 'तुओ'पाउ ट्रोंग'' भन्ने।

कमलः '"तुओ पाउ ट्रोंग''।

वर्षाः "तुओ" भनेको धेरै हो।

कमलः तुओ।

वर्षाः 'पाउ ट्रोंग' भनेको विचार गर्नुहोस, ख्याल गर्नुहोस भनेको।

कमलः 'पाउ ट्रोंग'।

वर्षाः आफ्नो धेरै ख्याल गर्नुहोस है- 'तुओ'पाउ ट्रोंग''।

वर्षाः अथवा तपाईं खाली' पाउ ट्रोंग' मात्र पनि भन्नसक्नुहुन्छ।

कमलः 'पाउ ट्रोंग'। यति मात्र भन्न अलिक सजिलो छ।

वर्षाः अब आउनुहोस, वास्तविक अवस्थामा भएको यो वार्तालाप सुनौं।

कः 'तुओ'पाउ ट्रोंग''- धेरै ख्याल गर्नुहोस।

कमलः म सम्पर्क गर्दैरहनुहोस है भनेर चिनियाँ भाषामा कसरी भन्ने भन्ने कुरा पनि जान्नचाहन्छु। तपाईं भन्नसक्नु हुन्छ कि?

वर्षाः सम्पर्क गर्दैरहनुहोस है भनेर भन्नुपर्दा 'पाव ठ् लेन शी' भन्नुपर्छ।

वर्षाः 'पाव ठ्'भनेको जारी राख्नु हो।

कमलः 'पाव ठ्'।

वर्षाः 'लेन शी' भनेको सम्पर्क हो।

कमलः 'लेन शी'।

वर्षाः सम्पर्क गर्दैरहनुहोस है -'पाव ठ् लेन शी'।

कमलः 'पाव ठ् लेन शी'।

वर्षाः यो तेश्रो वार्तालाप थियो।

कमलः हुन्छ। आउनुहोस, शुरु गरौं 'ढिलो भैसक्यो' भन्ने वाक्यबाट।

वर्षाः चिनियाँ भाषामा यसलाई 'श चेन पु चाव ल'भन्नुपर्छ।

कमलः 'श चेन पु चाव ल'

वर्षाः "श चेन" – समय

कमलः श चेन

वर्षाः "पु चाव ल" – ढिलो भैसक्यो।

कमलः पु चाव ल।

वर्षाः श चेन पु चाव ल।

कमलः श चेन पु चाव ल।

वर्षाः चिनियाँ भाषामा अब हामीले जानुपर्छ भन्नुपर्दा 'वो मन काइ चौ ल'भन्नुपर्छ।

कमलः 'वो मन काइ चौ ल'।

वर्षाः "वो मन" भनेको हामी हो।

कमलः वो मन

वर्षाः "काइ चौ ल" भनेको जानुपर्छ हो।

कमलः काइ चौ ल।

वर्षाः अब हामीले जानुपर्छ – वो मन काइ चौ ल।

कमलः वो मन काइ चौ ल।

वर्षाः चिनियाँ भाषामा विदाइको नमस्कार गर्दा चाइ चेन भन्नुपर्छ।

कमलः चाइ चने

वर्षाः आफ्नो अलिक ख्याल गर्नुहोस है भन्नुपर्दा 'तुओ'पाउ ट्रोंग'' भन्नुपर्छ।

कमलः 'तुओ'पाउ ट्रोंग''।

वर्षाः अथवा छोटकरीमा भन्नुपर्दा'पाउ ट्रोंग' मात्र भने पनि हुन्छ।

कमलः पाउ ट्रोंग

वर्षाः चिनियाँ भाषामा सम्पर्कमा रहनुहोस है भन्नुपर्दा 'पाव ठ् लेन शी' भन्नुपर्छ।

कमलः 'पाव ठ् लेन शी'

वर्षाः 'पाव ठ्'भनेको रहिरहनु हो।

कमल पाव ठ्।

वर्षाः "लेन शी" भनेको सम्पर्क हो।

कमलः लेन शी ।

वर्षाः सम्पर्कमा रहनुहोस है -'पाव ठ् लेन शी'

कमललः 'पाव ठ् लेन शी'

वर्षाः अब आउनुहोस, आजको पूरै वार्तालाप सुनौ।

वार्तालाप एक-

अतिथिः 'श चेन पु चाव ल', वो मन काइ चौ ल'। ढिलो भैसक्यो, अब हामीले जानुपर्छ।

आतिथेयीः ह्वान यिङ यी हौ ठ्राङ लाइ - आउँदै गर्नुहोस है।

अतिथिः शे शे ट्राव ताइ - धन्याद, हामीलाई सम्झनुभएकोमा। चाई चेन - नमस्कार।

आतिथेयीः चाइ चेन – नमस्कार

वार्तालाप दुइ

कः वो मन हुइ छ्यु ल- हामी गयौं है त।

खः वो सुङ सुङ नि मन- म तपाईंहरुलाई विदा गर्छु।

कः 'तुओ पाउ ट्रोग''- धेरै ख्याल गर्नुहोस।

वार्तालाप तीन

कः हुइ छ्यु पा। तपाईं फर्कनुहोस। समय भएमा मलाई फोन गर्नुहोला।

खः हुन्छ। सम्पर्क गर्दैगर्नुहोस र आफ्नो ख्याल गर्नुहोस।

वर्षाः यो थियो, आजको वार्तालापको पूरा भाग। अब कार्यक्रमको अन्त्यमा हामी सधैं झैं चिनियाँ संस्कृतिको एक झलक सुनौं।

कमलः चिनियाँ संस्कृतिमा जब हाम्रा अतिथिहरु फर्कन्छन, त्यति बेला हामी उनिहरुलाई ढोका बाहिरसम्म वा घर बाहिरसम्म सँगै गएर विदाइ गर्दछौं।

वर्षाः यसका साथै आजको हाम्रो कार्यक्रम सकियो।

कमलः सधैं झैं आज पनि हामीसँग श्रोताहरुका लागि एउटा प्रश्न छ। चिनियाँ भाषामा विदाइको नमस्कार कसरी भन्ने?

वर्षाः यो प्रश्न एकदमै सजिलो छ। यदि तपाईंलाई यस प्रश्नको उत्तर थाहा छ भने, तपाईं त्यो उत्तर हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 मा पठाउनसक्नुहुन्छ।

कमलः हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

वर्षाः म वर्षा। कार्यक्रम सुन्नुभएकोमा धन्यवाद। अर्को कार्यक्रममा फेरि भेटौंला। आजलाई चाइ च्यान।

कमलः च्याइ चेन।

Share this story on

Messenger Pinterest LinkedIn