नेपाली

पाठ तीस

criPublished: 2014-01-28 14:08:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

खः हाउ आ।

वार्तालाप दुइ

कः ट्रौ मो यौ शन मो ची व्हा?

खः वो मन श्याँग खाई ठ्र छ्यु ठ्राँग ठ्रंग वान् वान्।

वार्तालाप तीन

कः वो मन शन मो श् हौ ठ्रुफा?

खः शिंग छी ल्यु चाउ शाँग लिउ तेन चाई ता मन खौ चेन मेन।

वार्तालाप चार

कः श्या यी क चिंग तेन हाई यौ त्वो युआन?

खः वो ये पु थाई छिंग ठ्रु। ता काई हाई यौ श् कोंग ली।

वार्तालाप पाँच

कः ट्र अर त फंग चिंग थाई मै ल।

खः थाई फ्याओ ल्याङ ल।

कमलः भर्खरै हामीले पूरा वार्तालाप सुनायौं। तपाईंहरुले बुझनुभयो होला भन्ने हाम्रो आशा छ। अब हामी "चिनियाँ संस्कृतिका एक झलक"तिर लागौं।

सन 2008 देखि चीनको राष्ट्रिय नियमित विदा पहिलेका दश दिनबाट बढेर एघार दिन पुर्‍याइएको छ। तीमध्ये नयाँ वर्ष, अन्तर्राष्ट्रिय श्रमिक दिवस, मृतकहरुको सम्झना गरिने छिंग मिंग चाड, तुआन ऊ पर्व र मध्य शरद्‍कालीन दिवसको बेलामा एकेक दिनको विदा तोकिएको छ। यस बाहेक, वसन्त चाड र राष्ट्रिय दिवसका बेलामा तीन/तीनको विदा निर्धारित गरिएको छ। यसरी नै शनिवार र आइतबारको दुइ दिनसमेत मानिसहरुले वास्तवमा वसन्त चाड र राष्ट्रिय दिवसका बेला तीन दिनको विदा वा लगातार सात दिनको विदा लिन सक्छन।

विदाको अवधिमा बाहिर घुम्न जाने कुरा अब नयाँ फेशन बनेको छ। चाहे सम्पूर्ण परिवार घुम्न जाओस् वा साथीहरु समूह बनाएर बाहिर घुम्न जाऊन, धेरै मानिसहरुले आफै गाडी चलाएर बाहिर घुम्ने तरिकालाई रोज्नेगरेका छन। आफ्नै गाडी नभएका मानिसलाई आफै गाडी चलाएर घुम्नजान मन लाग्यो भने भाडामा एउटा मोटर मगाउन सकिन्छ।

अहिले चाहे इन्टरनेटमार्फत भाडामा गाडी अर्डर गरियोस् वा प्रत्यक्ष रुपमा ट्याक्सी कम्पनीसित गाडी मगाइयोस्, केही ठूल्ठूला व्यवस्थित ट्यक्सी कम्पनीहरुले भाडावाल गाडी उपलव्ध गराउने विधि निकै सरल र सजिलो छ। पर्यटकले आफ्नो आइ डी कार्ड, चालक लाइसेन्स र पैचिंग आउने विमान टिकट देखाएर धरौटी पैसा र भाडा रकम बुझाएपछि गाडी लैजान पाइहाल्छन। केही कम्पनीहरुले त निर्धारित समयभन्दा अगाडि नै मोटर-गाडी विमानस्थलमा राखिराख्ने सेवा उपलव्ध गराउनथालेका छन। यसो गरेबाट पूर्व अर्डर गरेका पर्यटकले विमानबाट ओर्लनासाथ आवश्यक विधि पुर्‍याएर आफैले गाडी हाँकेर आफ्नो खुशीयाली यात्रा शुरु गर्नसक्ने भएका छन।

वर्षाः हवस, आजको कक्षा यत्ति नै। आजको कक्षा टुंग्याउनुअघि म तपाईंहरुका लागि एउटा सानो जाँच लिन चाहन्छु। "अहा, यहाँको दृश्य अति सुन्दर छ।" लाई चिनियाँ भाषामा कसरी भनिन्छ?

कमलः यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216, Beijing, P.R. China वा सी.आर.आई. पोष्ट बक्स नँ-405 काठमाडौंमा पठाउनसक्नुहुन्छ। हामीलाई फेरि सुन्नका लागि https://nepal.cri.cn लग गर्नुहोला।

वर्षाः नमस्कार

कमलः चाइ चेन।

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn