नेपाली

पाठ तीस

criPublished: 2014-01-28 14:08:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आजका मुख्य विषयहरुः

वो मन छ्यु ल्यू शिंग पा।

ट्रौ मो यौ शन मो ची व्हा?

वो मन शन मो श् हौ ठ्रु फा?

श्या यी क चिंग तेन हाई यौ त्वो युआन?

ट्र अर त फंग चिंग थाई मै ल।

कमलः अब मौसम झन-झन न्यानो हुँदैगएको छ। मलाई शहरको कछाड क्षेत्रमा घुम्न जान मन लागेको छ। तर मलाई एकजना सँगै घुम्न जाने साथी चाहिन्छ। "हामी सँगै घुम्न जाऔं" लाई चिनियाँ भाषामा कसरी भन्नुपर्छ?

वर्षाः तपाईं यसरी भन्न सक्नुहुन्छ- वो मन छ्यु ल्यू शिंग पा।

कमलः वो मन छ्यु ल्यू शिंग पा।

वर्षाः "वो मन", "हामी"।

वर्षाः "छ्यु", "जानु"।

कमलः छ्यु।

वर्षाः "ल्यू शिंग", "घुम्नु वा यात्रा गर्नु"।

कमलः ल्यू शिंग।

वर्षाः "पा" भाववाचक सहायक शब्द हो। यसले प्रस्ताव गरेको भाव दिन्छ।

कमलः पा।

वर्षाः वो मन छ्यु ल्यू शिंग पा।

कमलः "वो मन छ्यु ल्यू शिंग पा"।, "हामी सँगै घुम्न जाऔं"।

वर्षाः मेरो विचारमा, यो वाक्य तपाईंका लागि पनि काम लाग्दो वाक्य छ। ट्रौ मो यौ शन मो ची व्हा?

कमलः "ट्रौ मो यौ शन मो ची व्हा?" भन्ने यस वाक्यको के अर्थ हो?

वर्षाः यस वाक्यको अर्थ "सप्ताहान्तमा तपाईंको के योजना छ" भन्ने हो। "ट्रौ मो", "सप्ताहान्त"।

कमलः ट्रौ मो।

वर्षाः "यौ", "छ वा हुनु"।

कमलः यौ।

वर्षाः "शन मो", "के वा कुन"।

कमलः शन मो।

वर्षाः "ची व्हा", "योजना"।

कमलः ची व्हा।

वर्षाः "ट्रौ मो यौ शन मो ची व्हा?", "सप्ताहान्तमा तपाईंको के योजना छ?"

कमलः ट्रौ मो यौ शन मो ची व्हा?

वर्षाः "ट्रौ मो यौ शन मो ची व्हा?" को उत्तर दिंदा तपाईं "वो मन ता सुआन खाई ठ्र छ्यु ठ्राँग ठ्रंग" भन्न सक्नुहुन्छ।

कमलः मैले बुझें। "ठ्राँग ठ्रंग"को अर्थ "ग्रेट वाल" हो। ठीक छ?

वर्षाः एकदमै ठीक। "खाई ठ्र" को अर्थ "गाडी हाँक्नु" हो। हामी फेरि एक पटक वार्तालाप दुइ सुनौं।–

कमलः म मेरो चिनियाँ साथीलाई "हामी कुन बेला बाहिर जाने?" भनेर सोध्नचाहन्छु।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn