सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष
उहाँले जोड दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीले पूर्ण हृदयले जनताका लागि सेवा गर्ने आधारभूत सिद्धान्त लिँदै पूर्ण चिनियाँको साझा समृद्धिका लागि खास तथा प्रभावकारी प्रगति सिर्जना गर्नुपर्छ।
सी चिनफिङले चिनियाँ विशेषतायुक्त सेना बलियो विकासको बाटोमा अडिग रहेर जन सेनालाई विश्वको अग्रणी सेनाको रूपमा निर्माण गरी अझ बलियो तथा क्षमतापूर्ण र भरपर्दो उपायमार्फत राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास हितको संरक्षण गर्नुपर्ने दोहोर्याउनुभयो।
उहाँले जन सेनाले पार्टी र जनतालाई अमूल्य उपलब्धि प्रदान गरेको छ र लाल भूमि र राष्ट्रिय गरिमाको संरक्षण गर्ने बलियो स्तम्भ भएको भन्दै क्षेत्रीय तथा विश्व शान्तिको संरक्षण गर्ने बलियो दल पनि रहेको कुरामा जोड दिनुभयो।
चीनले शान्तिपूर्ण विकास मार्गमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण, मानव भाग्य समुदायको निर्माण, “बेल्ट एण्ड रोड” उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सव समारोहमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले उक्त कुरा बताउनुभएको हो।
उहाँका अनुसार, चीन सधैँ नै विश्वशान्तिको निर्माणकर्ता, विश्वव्यापी विकासको लागि योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हो। चिनियाँ कम्युनिष्ट पार्टीले सहयोग गरेर कुनै टकराव नगर्ने, खुलापनमा गएर बन्द नगर्ने, आपसी हितकर तथा जीतमा अडिग भएर कुनै शून्य-योगको खेल नखेल्ने र प्रभुत्ववादी तथा शक्ति राजनीतिको विरोध गर्नेछ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सतवार्षिकी समारोहमा पार्टीका महासचिव सी चिनफिङले सम्बोधन गर्दै भन्नुभएको छः चिनियाँ जनता न्यायलाई प्राथमिकता दिँदै अतिक्रमणको डर नमान्ने जनता हुन्। चिनियाँ राष्ट्र महान गौरव र आत्मविश्वास भएको राष्ट्र हो। चिनियाँ जनताले कहिल्यै पनि अरू देशका जनतामाथि दमन वा दास बनाउने गरेको छैन, पहिले पनि थिएन, अहिले पनि छैन र भविष्यमा पनि गर्ने सम्भावना छैन। साथै चिनियाँ जनताले पनि कुनै बाह्य शक्तिलाई आफूमाथि दमन वा दास गर्ने छूट दिने छैन। कसैले यसो गर्न खोजेमा १ अर्ब ४० करोड चिनियाँ जनताको रगत र शरीरबाट बनाइएको पर्खाल अगाडि विफल हुनेमा कुनै शंका छैन।