सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष
उहाँका अनुसार एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँहरुलाई नेतृत्व गर्दै सिर्जना गरेको सबै प्रयासको मुख्य विषय जन गणतन्त्र चीनको महान पुनरुत्थानलाई साकार तुल्याउनु हो।
बितेका एक सय वर्षयता, चिनियाँ कम्युनिष्ट पार्टीले पार्टीको स्थापना भावनाको विस्तार गर्दै पार्टीको भावनात्मक प्रणाली खडा गरेको छ। यस क्रममा स्पष्ट राजनैतिक गुणको सिर्जना भएको छ। यस्तो भावनालाई निरन्तरता दिँदै जानुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले जुलाई १ तारिख सम्बोधन गर्दै उक्त कुरामा जोड दिनुभएको हो।सत्यतथ्यको आधारमा शुरूआतदेखि नै मनमा राख्दै आएको व्यवहारलाई उतार्दै कार्यभारलाई काँधमा राख्नुपर्ने पनि सीले औंल्याउनुभएको छ। पार्टीप्रति वफादार र जनताप्रति जिम्मेवार भन्ने चिनियाँ कम्युनिष्ट पार्टीको मूल भावना भएको र यो नै पार्टीको भावनात्मक स्रोत पनि भएको महासचिव सीले प्रकाश पार्नुभएको छ।
सी चिन फिङले सम्बोधनको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका पुराना पुस्तालाई महान सम्मान व्यक्त गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका कामरेड माओ च तोङ, कामरेड तङ स्याउ फिङ, कामरेड च्याङ च मिङ, र कामरेड हू चिन थाउले मुख्य प्रतिनिधिहरुका रूपमा चीन राष्ट्रको पुनरुत्थानका लागि ठूलो योगदान दिएका छन् भन्दै उहाँहरूलाई महान सम्मान व्यक्त गर्नुभएको छ।
आफ्नो भाषणमा उहाँले चिनियाँ क्रान्ति, निर्माण र सुधार, र चीनको कम्युनिष्ट पार्टीको स्थापना, एकिकरण र विकासमा ठूलो योगदान पुर्याउने क्रान्तिकारी तथा शहीदहरूको पुरानो पुस्तालाई पनि गम्भीरतापूर्वक सम्झना गर्नुपर्ने भन्नुभयो।
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट सी चिन फिङले सम्पूर्ण देशका जनतालाई उच्च सम्मान पनि व्यक्त गर्नुभयो। हङकङ, मकाओ र थाइवानका सहोदर दाजुभाइहरुलाई हार्दिक अभिवादन पनि गर्नुभयो र चिनियाँ जनता र चीन देशलाई समर्थन गर्ने सबै देशहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।