सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष
सी चिनफिङका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टी नभएमा नयाँ चीन नहुने र चीन राष्ट्रको महान पुनरूत्थान असंभव छ। इतिहास र जनताले चिनियाँ कम्युनिष्ट पार्टी छानेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सबै अडिग रहनुपर्छ।
उहाँले जोड दिनुभयो, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व चिनियाँ विशेषतायुक्त समाजको सबैभन्दा आवश्यक विशेषता हो, चिनियाँ विशेषतायुक्त परिपाटीको सबैभन्दा ठूलो श्रेष्ठता हो, पार्टी र देशको जग र जीवनरक्त हो। चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी नेतृत्वमा अडिग रहेर वैज्ञानिक शासन, प्रजातान्त्रिक शासन र कानूनबमोजिम शासन गर्ने स्तरलाई माथि उकास्नुपर्छ।
महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताले सक्रियताका साथ मानव जातिको सबै फाइदाजनक अनुभव सिक्दै सबै हितकर सुझाव र सद्भावपूर्ण आलोचनाको स्वागत गरेको भन्दै अहम्कारी प्रचार तथा आलोचनालाई अवश्य अस्वीकार गर्ने बताउनुभएको छ।
चिनियाँ विशेषतायुक्त समाजवादी चीन राष्ट्रको पुनरूत्थान साकार तुल्याउने सही बाटो भएको कुरामा पनि सी चिनफिङले जोड दिनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले र चिनियाँ जनताले आफैंले छानेको बाटोमा दृढताका साथ हिँडैजाने र चीनको विकास गर्ने भाग्य आफ्नो हातमा दृढतापूर्वक राख्नेछ। मार्क्सवादी चिनियाँ कम्युनिष्ट पार्टी तथा राष्ट्रको निर्माण गर्ने आधारभूत निर्देशित विचारधारा भएका कारण मार्क्सवादलाई चिनियाँकरण र युगकरणमा मिलाउनुपर्छ।
राष्ट्राध्यक्ष सीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ नै जनताको आधारभूत हितको प्रतिनिधित्व गर्दछ। चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँहरुलाई अलग बनाउने कुनै पनि कुचेष्ठा सफल हुने छैन।