नेपाली

सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको १००औँ वार्षिकोत्सवको भव्य समारोहलाई महत्वपूर्ण सम्बोधन #चिनियाँराष्ट्राध्यक्ष

criPublished: 2021-07-01 10:29:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १००औं वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गर्नुभएको छ।

सारा पार्टी तथा सारा देशका जनताको लगातार प्रयासमार्फत चीन सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माणतिर अघि बढिरहेको पनि उहाँले व्यक्त गर्नुभएको छ। यो चिनियाँ जाति, चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको गौरव रहेको पनि उहाँले बताउनुभएको छ।

सुधार र खुलापन नीति लागू गरिएयता चिनियाँ कम्युनिष्ट पार्टीले आधुनिक राष्ट्रिय समाजवादी निर्माण कार्यमा व्यवस्थापन गरेर जनताको आधारभूत जीवनको प्रत्याभूति गर्ने र जनताको जीवन स्तरलाई सम्पन्नतामा पुर्याउने दुईटा लक्ष्यलाई साकार तुल्याउने आधारमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनमा पार्टीको स्थापना भएको १००वर्षमा आर्थिक समाजको अझै विकास, प्रजातन्त्रलाई अझै पूर्णता, वैज्ञानिक शिक्षामा थप प्रगति हासिल, सभ्यताको अझै समृद्धि, मेलमिलापयुक्त समाजको थप विकास र जनताको जीवन अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्यको प्रस्तुत गरिएको थियो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण महत्वपूर्ण कार्यभारको रूपमा लिएर यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङका अनुसार चिनियाँ जनताले उठेर धनी हुँदै बलियो तथा विकासको महान परिवर्तन सिर्जना गरेको छ। साथै उहाँले जन गणतन्त्र चीनको महान पुनरुत्थान अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको व्यक्त गर्नुभएको छ।

1234...全文 5 下一页

Share this story on

Messenger Pinterest LinkedIn