नेपाली

चीनबाट नेपालमा आयातित विद्युत्तीय गाडीले राजस्व संकलनमा उल्लेख्य वृद्धि

CRIPublished: 2024-07-08 15:34:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘गाडीको बजारअनुसार मात्रै एलसी खोलेर ल्याउन थालिएको छ। पहिलेजस्तो भन्सारमा गाडी थुप्रिएको अवस्था पनि छैन’, उहाँले भन्नुभयो। भैरहवामा कात्तिक महिनामा सबैभन्दा कम राजस्व संकलन भएको थियो। विभागले १० अर्ब ६७ अर्ब राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ४ अर्ब ४९ करोड मात्रै संकलन गरेको थियो।

कार्यालयले सबैभन्दा बढी राजस्व असोजमा संकलन गरेको थियो। दशैँ तिहारअघि एकै महिना ९ अर्ब ३ करोड संकलन गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। भैरहवामा गत आर्थिक वर्षमा लक्ष्यको ४९.४१ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।

यता विराटनगर भन्सारको लक्ष्य ५० अर्ब ८१ करोड रुपैयाँ छ। जेठ मसान्तसम्म ५४.६८ प्रतिशत मात्रै उठेको छ। लक्ष्यअनुसार सबैभन्दा बढी साउनमा ८१.५७ प्रतिशत उठेको छ।

चालु आर्थिक वर्षमा कुल राजस्व संकलन लक्ष्यको ६० प्रतिशत हाराहारी मात्रै उठ्ने देखिएपछि आगमी आर्थिक वर्षको लक्ष्य नै घटाएको छ। भन्सारसँगै अन्य कर संकलन पनि घटेको छ। भन्सार विभागका निर्देशक पुण्य विक्राम खड्काले लक्ष्यको ६५ प्रतिशत मात्रै राजस्व संकलन भएको बताउनुभयो। ‘उत्तरी नाका चलायमान हुँदा राजस्व लक्ष्यभन्दा बढी छ’, खड्काले भन्नुभयो, ‘दक्षिणी नाकाबाट भने आयात हुने वस्तु घट्दा राजस्व पनि घटेको छ।’

首页上一页1234 4

Share this story on

Messenger Pinterest LinkedIn