नेपाली

चीनबाट नेपालमा आयातित विद्युत्तीय गाडीले राजस्व संकलनमा उल्लेख्य वृद्धि

CRIPublished: 2024-07-08 15:34:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपाली बजारमा चिनियाँ गाडीको आयात बढ्दा उत्तरी नाका चलायमान हुने र दक्षिणी नाकामा सुस्तता देखिन थालेको छ। नेपालमा गाडी आयातको व्यापार भारतबाट चीनमा सिफ्ट हुँदा भन्सारका गतिविधि उत्तरतिर सिफ्ट हुँदै छन्। भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा भारतबाट आयात घट्दा चीनबाट बढेको नेपाल खबर अनलाइनले लेखेको छ।

भारतबाट जेठसम्म ९ खर्ब ८ अर्ब रुपैयाँबराबरको आयात भएको छ। जुन गत वर्षको ९ खर्ब ३७ अर्ब रुपैयाँको तुलनामा २९ अर्बले कम हो। त्यस्तै, चीनबाट जेठसम्म मात्रै २ खर्ब ७२ अर्बको वस्तु आयात भएको छ। गत वर्ष २ अर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। गत आवको तुलनामा ११ महिनामा ४९ अर्ब रुपैयाँ राजस्व बढेको छ।

नेपालको भन्सार विभागले चालु आर्थिक वर्षको सुरुमा तातोपानी भन्सार कार्यालयलाई ४ अर्ब राजस्व संकलन गर्ने लक्ष्य तोक्यो। यो लक्ष्य तोक्दा तातोपानी नाका नियमित थिएन। तर आवागमन नियमित भएसँगै भन्सार राजस्वको लक्ष्य ८ अर्ब ४२ करोड रुपैयाँ पुर्‍याइदियो। देशभर भन्सार राजस्व संकलन लक्ष्यको ६५ प्रतिशतमा सीमित हुँदा तातोपानीले १५५ प्रतिशत राजस्व उठाइसकेको छ।

‘सुरुमा ४ अर्बलाई संशोधन गरेर ८ अर्ब ४२ करोडको लक्ष्य दिइएको थियो’, तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्य प्रसाद काफ्ले भन्नुहुन्छ, ‘१५५ प्रतिशतले वृद्धि भई शुक्रबारसम्म १३ अर्ब ६ करोड रुपैयाँ संकलन भइरहेको छ।’ कुलमध्ये २ अर्ब बढी राजस्व विद्युतीय गाडीबाटै संकलन भएको छ। बाँकी अन्य वस्तुको आयातबाट उठेको हो।

‘तातोपानी भन्सार सुरुमा नियमित थिएन। चिनियाँले सहज रुपमा वस्तु आयात गर्न दिएका थिएनन्’, काफ्ले भन्नुहुन्छ, ‘चिनियाँले भन्सारबाट मानिसलाई आउजाउ गर्न दिन थालेसँगै कारोबारमा वृद्धि भएको छ।’

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn