नेपाली

चीनबाट नेपालमा आयातित विद्युत्तीय गाडीले राजस्व संकलनमा उल्लेख्य वृद्धि

CRIPublished: 2024-07-08 15:34:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उत्तरी नाकामध्ये पनि रसुवागढी नाकाको तुलनामा सडक छोटो, खर्च कम लाग्ने भएकाले तातोपानीबाट आयात बढेको कार्यालयको दाबी छ। अर्को उत्तरी मुख्य नाका रसुवा भन्सारको सुरुको लक्ष्य ११ अर्ब रुपैयाँ रहेको थियो। विद्युतीय गाडी बढ्दै गएपछि विभागले एकै पटक १० अर्ब रुपैयाँले लक्ष्य बढाइदियो। लक्ष्य दोब्बर बनाउँदा पनि ९५ प्रतिशत राजस्व संकलन भइसकेको छ।

‘जेठ महिनासम्म लक्ष्यअनुसार नै थियो। असारमा घट्दा करिब ९६ प्रतिशत राजस्व संकलन भएको छ’, रसुवा भन्सार अधिकृत रवीन्द्र प्रसाद प्याकुरेलले भन्नुभयो, ‘जेठ १५ पछि गाडीको आयात घट्यो। चीनको केरुङमा करको विषयमा १५ दिन अवरुद्ध भएपछि थोरैले संशोधित लक्ष्य भेट्टाउन सकेनौँ।’

रसुवाको २० अर्ब ९९ करोड रुपैयाँ राजस्व लक्ष्य दिइएकोमा १९ अर्ब ८० करोड रुपैयाँ उठिसकेको छ। भन्सार कार्यालयका अनुसार विद्युतीय गाडीबाट मात्रै साढे ७ अर्ब बढी राजस्व संकलन भएको छ। ‘गत वर्ष रसुवा भन्सारबाट मात्रै विद्युतीय गाडीको आयात हुँदा लक्ष्यभन्दा बढी रहेको थियो’, प्याकुरेलले भन्नुभयो, ‘अहिले तातोपानीबाट पनि विद्युतीय गाडी आउँदा राजस्व बाँडिएको छ। तर हामीले करिब लक्ष्य भेट्टाएका छौँ।’

वर्षात् सुरु भएसँगै रसुवागढी पुग्ने सडक बिग्रिएकाले विद्युतीय गाडी तातोपानी भन्सारबाट छुट्नथालेको कार्यालयले जनाएको छ।

देशको सबैभन्दा बढी राजस्व संकलन हुने वीरगन्ज भन्सार कार्यालयको ६२.३४ प्रतिशत राजस्व संकलन भएको छ। विभागले वीरगन्जलाई २ खर्ब २४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो। ‘असार २१ गतेको तथ्यांकअनुसार ६२.३४ प्रतिशत राजस्व लक्ष्य राखिएको हो’, वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्ण भन्नुहुन्छ, ‘असार मसान्तसम्म ६५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेका छौँ।’

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn