नेपाली

चीनबाट नेपालमा आयातित विद्युत्तीय गाडीले राजस्व संकलनमा उल्लेख्य वृद्धि

CRIPublished: 2024-07-08 15:34:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वीरगन्ज कार्यालय हुँदै चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पाँच खर्ब ५२ अर्ब ९५ करोड रकमबराबरको वस्तु तथा सामान आयात भएको छ। जब कि गत वर्षको सोही अवधिमा भने ६ खर्ब ४४ अर्ब रुपैयाँबराबरको आयात भएको थियो।

जेठ मसान्तसम्मको अवधिमा एक खर्ब ४१ अर्ब ३० करोड रकम मात्र राजस्व संकलन गरेको छ। जब कि कार्यालयले गत वर्षको सोही अवधिमा भने एक खर्ब ४२ अर्ब ३० करोड रूपैयाँबराबरको राजस्व संकलन गरेको थियो।

‘वीरगन्जबाट औद्योगिक कच्चा पदार्थ, डिजेल, गाडीको आयात घट्दो छ’, कर्णले भन्नुभयो, ‘विद्युतीय गाडी उत्तरी नाकाबाट भित्रिँदा वीरगन्जको भन्सार घटेको छ।’

वीरगन्जमा पुराना मोडलका ५०० बढी गाडी भन्सार यार्डमा थन्किएका छन्। २०२४ का नयाँ मोडल भने छुटाउने गरेको कार्यालयले जनाएको छ।

वीरगन्ज भन्सार कार्यालयमा २०७५/०७६ मा र २०७६/०७७ मा लक्ष्यभन्दा निकै कम उठेको थियो। आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९मा लक्ष्यभन्दा बढी संकलन भएको थियो। गत आर्थिक वर्षमा लक्ष्यको ६०.२२ प्रतिशत मात्रै उठेको थियो।

भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्र प्रसाद चौधरीले लक्ष्यको ६३ प्रतिशत हाराहारीमात्रै राजस्व उठेको बताउनु भएको छ। ‘गाडी, मेसिनरी सामान, पेट्रोलियम पदार्थ, बिटुमिन, मार्बल टायल र खाद्यान्न वस्तुको आयात नै घटेको छ’, चौधरीले भन्नुभयो, ‘१ खर्ब २७ अर्ब ८३ करोड लक्ष्य राखेकोमा ६३ प्रतिशत मात्रै उठेको छ।’

उहाँले भन्सारमा आएका २०२४ का गाडी सबै छुटेको र पुराना मोडलका केही गाडी बाँकी रहेको बताउनुभयो। आइसरका ट्रक, सुजुकीलगायत २०२२/२०२३ मोडलका मात्रै बाँकी छन्।

भैरहवा भन्सार कार्यालयका अनुसार विगतमा व्यवसायीले एकै पटक ८०–१०० वटा गाडीको एलसी खोलेर अर्डर गर्न गरेकोमा अहिले ५–७ वटा गाडीको मात्रै एलसी खोलेर ल्याउने गरेको सुनाउनुभयो।

首页上一页1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn