नेपाली

धान खेतमा चिनियाँ नेता

criPublished: 2024-03-20 15:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीन कृषिप्रधान देश हो र हुनान प्रान्त चीनको प्रमुख कृषिप्रधान प्रान्त हो। हुनान प्रान्तलाई प्राचीन कालदेखि "माछा र धानको भूमि" को रूपमा चिनिन्छ र चीनमा एक महत्त्वपूर्ण "अन्न भण्डार" हो। त्यहाँ धान खेतको क्षेत्रफल र कुल उत्पादन परिमाण चीनभरि पहिलो स्थानमा छ। हुनान प्रान्तमा कृषि आधुनिकीकरणलाई बढाउने, विशेष गरी स्मार्ट र बुद्धिमान कृषि मेशिनरी उद्योग श्रृंखलाको निर्माण, कृषि यान्त्रिकीकरणको गतिशीलता र बीउ उद्योगको नवीनता क्षेत्रमा देशभरि अग्रपंक्तिमा छ।

वर्षभरिको योजना वसन्तमा निहित छ। "मानिसहरूले उचित समयपछि काम गर्यो भने जग्गा जमिन एक वर्षको लागि खेर जान सक्छ" भन्ने चिनियाँ कृषि उखानमा के प्रष्ट्याइएको छ भने अन्नबालीको अनुकुलता र वसन्त जोत्ने तयारीको तत्कालिनता निकै महत्वपूर्ण हुन्छ।

हाल वसन्त ऋतुको हलो जोत्ने र तयारी गर्ने महत्वपूर्ण समय हो। मार्च १९ तारिख अपरान्ह, सी चिनफिङ हुनान प्रान्तको छाङत शहरको काङचुङपिङ गाउँमा पुगेपछि जानकारी लिनुभएको पहिलो कुरा वसन्त ऋतुको हलो जोत्ने तयारी हो।

काङचुङपिङ गाउँमा अग्रणी व्यवसाय उच्च गुणस्तरीय धान र क्यामेलिया हुन्। गाउँमा ०.५ वर्ग किलोमिटरको दोब्बर-बाली धान खेत स्येच्याफु बस्ती अन्न उत्पादन नमूना क्षेत्रको केन्द्रिय क्षेत्रमा अवस्थित छ। त्यहाँ एकीकृत रूपमा उत्कृष्ट प्रजातिको प्रयोग गरी मेशिनमार्फत् रोपन, मल हाल्ने, हरित विधि, रोकथाम र नियन्त्रण र भौतिक तथा रासायनिक प्रविधि गर्दछ। गत वर्ष नमूना क्षेत्रमा प्रारम्भिक धान र ढिलो धानको प्रति मू उत्पादन ११५२.३ केजी पुगेको छ।

सी चिनफिङले धानखेतमा रोपाइँ र खेत जोत्ने कामको निरीक्षण गर्नुका साथै उत्कृष्ठ अन्न उत्पादक, कृषि प्राविधिक, तल्लो तहका कार्यकर्ता र गाउँलेहरूसँग सौहार्दपूर्ण कुराकानी गर्दै वसन्त रोप्ने कामको बारेमा विस्तृत जानकारी लिनुभएको छ।

首页上一页123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn