नेपाली

धान खेतमा चिनियाँ नेता

criPublished: 2024-03-20 15:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

उहाँका अनुसार, राम्रो बीउबिजन, राम्रो उपाय, राम्रो मेशिन र राम्रो जमिनको गहन एकीकरणमा अझ प्रयास र कृषिलाई सुदृढ पार्ने र किसानलाई समृद्धि तथा लाभान्वित गर्ने नीतिको राम्ररी कार्यान्वयन गरी अन्न उत्पादनमा किसानको आय सुनिश्चित गर्नुपर्छ। जसले चालु वर्ष अन्नको उत्पादन र किसानको आयको वृद्धिका लागि राम्रो सुरुवात गर्नसकिन्छ।

खेतमा मात्र हाइन सी चिनफिङले बीउ प्रयोगशालाको अनुसन्धान र विकासमाथि पनि महत्त्व दिनुभएको छ। उहाँको विचारमा खाद्य सुरक्षा "देशको ठूलो मामिला" हो।

चालु वर्ष केन्द्रीय सरकारको नम्बर १ दस्तावेजले छ वटा पक्षबाट कार्य योजना बनाएको छ। जसमध्ये पहिलो राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्नु हो। जसमा स्पष्ट रूपमा "खाद्यान्न उत्पादन मात्रा ६ खर्ब ५० अर्ब केजीभन्दा बढी कायम राख्ने सुनिश्चित गर्नु" लेखिएको छ।

खानाको समस्याको राम्ररी समाधान गर्नु देशको शासनमा सधैँ प्राथमिक मामिला हो। सी चिनफिङले भन्नुभएजस्तै, जति धेरै जोखिम र चुनौती देखा पर्छ त्यति नै कृषिलाई स्थिर बनाउनुपर्छ र खाद्य तथा महत्वपूर्ण सह-उत्पादनको सुरक्षालाई सुनिश्चित गर्नुपर्छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn