नेपाली

धान खेतमा चिनियाँ नेता

criPublished: 2024-03-20 15:05:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनमा दुई अधिवेशन भनिने अर्थात् राष्ट्रिय जन कांग्रेस सम्मेलन र जन राजनैतिक परामर्शदात्री सम्मेलन सम्पन्न भएको ठीक एक हप्तापछि चिनियाँ नेता सी चिनफिङले हुनान प्रान्त पुगेर दुई अधिवेशनपछि उहाँको पहिलो स्थलगत निरीक्षण थाल्नुभएको छ।

"सबै अनुकूल अवसरहरूको सदुपयोग गर्दै सबै अनुकूल परिस्थितिहरूबाट फाइदा उठाउनुपर्छ। जब हामी राम्रो अवस्थालाई देख्छौँ तब सबै विभिन्न पक्षहरूको उत्साहबाट सम्बन्धित काम राम्रोसँग गर्नु आवश्यक छ।" यो नै यस वर्ष दुई अधिवेशनको अवधिमा सी चिनफिङले आफ्नो भाषणमा भन्नुभएको हो र यसबाट पहिले समयलाई नपर्खिकन् कडा परिश्रमको स्पष्ट अभिमुखीकरण व्यक्त गरिएको छ। साथै दुई अधिवेशनपछि स्थलगत निरीक्षणमा जानुको महत्त्वपूर्ण कारण पनि व्याख्या गरिएको छ।

यस वर्षको दुई अधिवेशनमा सी चिनफिङ तीन टक गरी फरक प्रतिनिधि समूहमा नयाँ गुणस्तरिय उत्पादन शक्तिको बारेमा कुरा गर्नुभयो। हुनानको यो भ्रमण नै सी चिनफिङको नयाँ गुणस्तरिय उत्पादन शक्तिको विकासमा गति दिनका लागि गर्नुभएको स्थलगत मार्गदर्शन हो। चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि सी चिनफिङ हुनान भ्रमण गर्नुभएको यो चौथो पटक पनि हो।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn