तिब्बतको लिन्चे शहर अन्तर्गत मिलीन जिल्लाको पाइ टाउन्शिप पवित्र पर्वत नाम्चेबर्वाको फेदीमा बगिरहेको यार्लुनजाङबो नदिको मध्य तथा तल्लो भागको सिमामा पर्दछ।
पैचिङ्ग से ह अस्पताल, पैचिङ्ग विश्वविद्यालयअन्तर्गत पहिलो अस्पताल, पैचिङ्ग बाल अस्पताल लगायत अस्पतालहरुका एक सय बीस जना चिकित्सक विशेषज्ञले तिब्बत गई तिब्बत स्वायत्त प्रदेशको जन अस्पताल र सात शहरका जन अस्पतालहरुलाई चिकित्सा सहायता दिने भएका छन्।
तिब्बती कार्पेट विश्वका प्रसिद्ध तीन वटा कार्पेटहरुमध्येको एक मानिन्छ। कार्पेटमा प्रयोग हुने ऊन होस् वा बुट्टा होस् यी सबैमा तिब्बती भौगोलिक विशेषता झल्किएको पाइन्छ।
केसार राजा सम्बन्धी गीति गायन विश्वमै सबैभन्दा लामो र एक मात्र जिउँदो ऐतिहासिक महाकाव्य हो। पूर्वको होमेरिक महाकाव्य मानिने केसार राजा सम्बन्धि गायन कला तिब्बतमा निकै लोकप्रिय छ।
हाल तिब्बतमा जम्मा 1 हजार 7 सय 87 वटा ठूला साना गुम्बा तथा धार्मिक स्थान रहेका छन्। तिब्बती बौद्ध धर्म,वोन,इस्लामिक,क्याथोलिक धर्म लगायत बहुधर्म तिब्बतमा सहअस्तित्व कायम राखेर धर्मावलम्बीहरुबीचको सामान्य धार्मिक सहिष्णुता फैलिरहेको छ।
तिब्बती स्वायत्त प्रदेशको सामाजिक तथा बैज्ञानिक क्षेत्रले चीनको राज्य परिषदद्बारा हालै सार्वजनिक“तिब्बतको विकास मार्ग ऐतिहासिक छनौट”शीर्षकको श्वेतपत्रबारेमा गोष्ठीको आयोजना गरेको छ।
सन् 2014को अगष्ट महिनामा तिब्बतको ल्हासामा स्थापित च्याङ सु प्रयोगात्मक माध्यमिक विद्यालय औपचारिक रुपमा संचालन भएको छ। च्याङ सु प्रान्तले पचास जना उत्कृष्ट शिक्षक-शिक्षिकालाई सो माध्यमिक विद्यालयको प्रशिक्षणमा सहायताका लागि पठाएको थियो।
हाल केही वर्षयता तिब्बतले लगातार रकमको जोहो तथा लगानी संस्थाको सुव्यवस्थापन गर्दै आएको देखिन्छ। साथै तिब्बतले निरन्तर रुपमा आर्थिक सहयोगलाई प्रवर्द्धन गरिरहेको छ। लगानी भित्र्याएसँगै लाभान्वित भएर नागरिक पुँजी प्रयोग क्षमता बलियो बनाइएको छ। यस वर्ष तिब्बतले सरकारी तथा नागरिक लगानीलाई सक्रिय बनाएर नागरिक पुँजीलाई सामाजिक आधारभूत सार्वजनिक सेवा तथा महत्वपूर्ण आधारभूत प्रबन्धको निर्माण आदि क्षेत्रमा भित्र्याउन निर्देशन गर्दै जाने छ।
तिब्बती वनस्पति व्यूरोको तथ्याकअनुसार, तिब्बतको लगभग बाह्र लाख वर्ग किलोमिटर बराबर क्षेत्रफलमा राष्ट्रिय पहिलो तथा दोस्रो स्तरीय संरक्षित जनावरको संख्या एक सय 25 प्रकार पुगेको छ। त्यसमध्ये करिब एक सय प्रकारका लोपोन्मुख जनावर रहेका छन्। हाल तिब्बतमा विभिन्न लोपोन्मुख जङ्गली जनावरको संख्या पुनः वृद्धि हुँदैआएको छ।
चीनको जन बैंकअन्तर्गत ल्हासा शाखाबाट थाहा भएअनुसार पशुपालक तथा कृषकको आम्दानीलाई बढाउनका लागि हाल केही वर्षयता तिब्बती बैंकिङ्ग संस्थाले श्रृंखलाबद्ध लघु वित्त ऋण प्रवाह गरेको छ। हाल यस्तो लघु वित्त ऋण सारा तिब्बती स्वायत्त प्रदेशको 95 प्रतिशतभन्दा बढी पशुपालन तथा कृषि क्षेत्रमा ढाकिएको छ। जसले तिब्बत चीनमा ऋण लिने कृषकहरुले भरिएको सबैभन्दा ठूलो क्षेत्र बनेको छ।
तिब्बत विश्वविद्यालयअन्तर्गत आधुनिक शिक्षा प्रविधि केन्द्रबाट प्राप्त जानकारीअनुसार, चीनमा पहिलो पटक व्यावसायिक तिब्बती तथा चिनियाँ भाषा अनुवाद सफ्टवेयर प्रकाशित गरिने भएको छ। जसबाट सर्वसाधारणलाई निःशुल्क अनुवाद सेवा दिन सकिनेछ।
तिब्बत स्वायत्त प्रदेशको पर्वतारोहण व्यवस्थापन केन्द्रको कार्यालयका प्रमुख चाङ मिङ सिङले पाँच तारिख चुमुलाङमाको फोहोर सफा गर्ने कार्यलाई अघि बढाउने र चालू वर्षदेखि पर्वतारोहीलाई वातावरणीय संरक्षण शूल्क पनि चार्ज गरिने कुरा बताउनुभएको छ।
एघारौं पञ्चेनले धार्मिक योग्य व्यक्तिलाई हुर्काउने विषयलाई निकै जोड दिनुभएको छ। उहाँले योग्य व्यक्तिको विकास नै वर्तमान र भविष्यमा बौद्ध धर्म उत्थानको सबैभन्दा महत्वपूर्ण कार्य हुने विश्वास पनि व्यक्त गर्नुभएको छ।
"दलाई लामा सिद्ध होइनन्" शीर्षकको पुस्तकका फ्रान्सेली लेखक म्याक्सिम विवासले हालै सिन् व्हा समाचार समितिका पत्रकारसँग कुरकानी गर्नुभएअनुसार, उहाँले चीनको तिब्बतको सँस्कृति तथा धर्मसम्बन्धी दोस्रो पुस्तक लेखिरहनुभएको छ। उहाँको दोस्रो पुस्तकले अझै बढी मानिसहरुलाई साँच्चै तिब्बतबारे जानकारी गराउने अपेक्षा गरिएको छ।